images
images

कर्णाली प्रदेशमा कृषि क्षेत्रका चूनौती र सम्भावना

कर्णाली प्रदेशमा कृषि क्षेत्रका चूनौती र सम्भावना

सोमवार, पुस २३ २०८०
सोमवार, पुस २३ २०८०
  • कर्णाली प्रदेशमा कृषि क्षेत्रका चूनौती र सम्भावना

    काठमाडौँ / आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल ३.११ प्रतिशतले बढेको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका कर्णाली प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७९/८० को अनुसार कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल ३.११ प्रतिशतले बढेर ३ लाख २० हजार ७१६ हेक्टर पुगेको जनाएको हो । गत आर्थिक वर्षमा यस्तो क्षेत्रफल ४.३८ प्रतिशतले घटेको थियो । 

    परम्परागत कृषि प्रणालीलाई आधुनिक, व्यवसायिक र प्रतिस्पर्धात्मक क्षेत्रको रुपमा रुपान्तरण गरी समग्र अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान वृद्धि गर्ने मुल ध्येयका साथ कृषि नीति, परियोजना, कार्यक्रम लागु हुनु, बैंकहरुबाट प्रवाहित कृषि कर्जामा वृद्धि हुनु साथै कृषि क्षेत्रमा व्यवसायिकता तथा उद्यमशीलता विकास गर्नमा रुचि बढ्दै जानु जस्ता कारणहरुबाट गत वर्षको तुलनामा समग्र कृषि बालीले ढाकेको क्षेत्रफलमा वृद्धि भएको देखिन्छ । तर, पनि यस प्रदेशमा कृषि क्षेत्रको चूनौती र सम्भावनाहरू रहेको छ । जुन निम्नानुसार छन्ः 

    कृषि क्षेत्रको चुनौती

    – परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई प्रतिस्पर्धात्मक एवम्व्यवसायमुखी कृषि प्रणालीमा रुपान्तरण गरी रोजगारी एवं आयस्तर वृद्धि गर्नु 

    – कृषि क्षेत्रमा देखापरेका जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण गर्दै प्राकृतिक प्रकोपसँग जुध्न सक्ने क्षमता विकास गर्नु 

    – व्यवसायिक वातावरणको सिर्जना गरी अन्य क्षेत्र तथा वैदेशिक रोजगारीमा संलग्न रहेको युवा जनशक्तिलाई कृषि क्षेत्रमा आर्कषित गराउनु 

    – कृषि तथा पशुजन्य उत्पादनमा हानिकारक विषादी, रसायन तथा एन्टिबायोटिक्सको प्रयोग कम गरी जनस्वास्थ्यमा पर्न जाने नकारात्मक प्रभाव कम गर्दै लैजानु 

    – सीमित स्रोत साधन, कृषि कर्जा, बीमा, प्रविधि, ज्ञान, सीपको समुचित प्रयोग गरी उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्नु तथा समग्र कुषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउनु 

    – भूवनोटको अधिकतम सदुपयोग गरी बाली विविधिकरण, व्यवसायीकरण, व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने किसिमका उत्पादन कार्यक्रम सञ्चालन गर्नु । साथै स्थानीय, रैथाने तथा लोपोन्मुख बालीको संरक्षण तथा संवद्र्धन गर्नु 

    – अव्यवस्थित शहरीकरण, जग्गाको खण्डिकरण तथा जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कृषि भूमि सदुपयोगका लागि निर्मित योजना, कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्नु

    – कृषि तथा पशुजन्य वस्तुको उत्पादन, प्रशोधन र बजारीकरणलाई लागत प्रभावकारी बनाउनु कृषि क्षेत्रको व्यापारलाई सन्तुलनमा राख्नु, गुणस्तर र स्वच्छता नियमन कार्य प्रभावकारी तुल्याइ नाफामूलक र प्रतिस्पर्धात्मक बनाउनु, कृषि क्षेत्रको उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्नका लागि संघ, प्रदेश र स्थानीय तहको लगानी एवम्सेवालाई थप प्रभावकारी बनाई अन्तरसरकार सहकार्य र समन्वय चुस्त बनाउनु 

    – कृषिको आधुनिकीकरण मार्फत लागत न्युनीकरण, उत्पादन वृद्धि, व्यवसायीकरण र बजारीकरण गर्नको लागि सञ्चालित कृषि यान्त्रिकीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी उल्लेखित लक्ष्य तथा उद्देश्य हासिल गर्नु 

    – कर्णाली प्रदेशलाई दुग्ध क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि दुग्ध उत्पादनमा आधारित उद्योग स्थापना गरी दुग्ध व्यवसाय प्रवद्र्धन, प्रशोधन तथा बजारीकरण गर्नु

    कृषि क्षेत्रको सम्भावना

    – कर्णाली प्रदेशको अधिकांश भागमा रासायनिक मलको कम उपलब्धता तथा प्रयोगका कारण प्राङ्गारिक कृषि खेतीतर्फ कृषकहरुलाई आकर्षित गरी कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न सकिने सम्भावना रहेको । साथै, प्राङ्गारिक कृषि प्रणालीको माध्यमबाट कृषि पेशालाई व्यावसायिक र प्रतिस्पर्धी बनाई कृषकहरुको जीवनस्तरमा सुधार गर्न सकिने सम्भावना रहेको

    – कृषिमा व्यावसायिकता तथा उद्यमशीलता विकास गर्न कृषकहरुको रुचि बढ्दै जानु, मध्यम तथा उच्च व्यावसायिक कृषक समूह, निजी फर्म, कम्पनी तथा उद्योग एवं उद्योगीहरुलाई प्रोत्साहन गर्न एवं प्रतिस्पर्धी बनाउन हुलियत दरको ऋण, बिमा र ब्याज अनुदानको व्यवस्था रहेको हुनाले कृषि व्यवसायको विकास एवं विस्तार गर्न सकिने सम्भावना कायमै रहेको

    – भौगोलिक रुपमा विकट तथा दुर्गम क्षेत्रमा यातायात सुविधा को विस्तार हुँदै जानुले कृषि उपजहरुको बिक्री एवं वितरणमा सहजता हुनु जसले गर्दा ग्रामीण क्षेत्रमा कृषिजन्य वस्तुहरुको उत्पादन तथा उत्पादकत्वमा वृद्धि साथै कृषि उपजहरुको प्रवद्र्धन गरी कृषकहरुको आयस्तर बढाउन सकिने सम्भावना रहेको

    – जलवायु परिवर्तनका नकारात्मक असरहरु न्यूनीकरण गर्न विश्वव्यापी रुपमा चासो बढ्दै जानु, कृषि विज्ञ साथ–साथै पशु विज्ञान अध्ययन गराउने प्राविधिक शिक्षण संस्था तथा अध्ययन गर्ने स्थानीय युवाको सङ्ख्यामा वृद्धि हुँदै जानुले कृषि क्षेत्रमा देखिएका समस्याहरुको समयमै निराकरण गरी गुणस्तरीय वस्तुहरुको उत्पादन तथा प्रवद्र्धन गर्न सकिने आदि कृषि क्षेत्रमा सम्भावनाको रुपमा रहेका छन् 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार