images
images

नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु, काठ र फनिर्चर क्षेत्रको विकास र आधुनिकीकरणमा सहयोग पुग्ने

नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु, काठ र फनिर्चर क्षेत्रको विकास र आधुनिकीकरणमा सहयोग पुग्ने

शुक्रवार, पुस २० २०८०
शुक्रवार, पुस २० २०८०
  • नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु, काठ र फनिर्चर क्षेत्रको विकास र आधुनिकीकरणमा सहयोग पुग्ने
     
    काठमाडौँ / आजबाट काठमाडौँको भृकुटीमण्डपमा नवौँ नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी, २०८० सुरु भएको छ । मिडिया स्पेस सोलुसन्ल प्रालि र भारतको फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रालिद्वारा काठ व्यवसायसँग सम्बन्धित उत्पादन र यस क्षेत्रसँग सम्बन्धित नवीनतम प्रविधिबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनी सुरु भएको हो । 
     
    प्रदर्शनीमा नेपालमा उत्पादित फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसहित मेलामा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी प्रदर्शनी कक्ष छन् । 
     
    मिडिया स्पेस सोलुसन्ल प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
     
    प्रदर्शनीमा नेपाल, भारत, चीन, ताइवान, मलेसिया मुलुकका कम्पनी सहभागी छन् । नेपालको काठ तथा फर्निचर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने र विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरूलाई नेपाली बजारमा सहज रूपमा उपलब्ध गराउने माध्यम प्रदर्शनी बन्ने आयोजकको दाबी छ ।
     
    आजबाट सञ्चालनमा आएको प्रदर्शनी यही आइतबार तीन दिनसम्म सञ्चालन हुने भएको छ । 

     

    images
    images

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार