images
images

पोखरामा प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि

पोखरामा प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि

शुक्रवार, पुस २० २०८०
शुक्रवार, पुस २० २०८०
  • पोखरामा प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि

    गण्डकी / पोखरामा आजदेखि प्रथम प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु हुने भएको छ । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको संयुक्त आयोजना सञ्चालन हुने प्रदर्शनी आगामी आइतबारसम्म चल्नेछ । 

    images
    images

    प्रदर्शनीको २० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवद्र्धक रहेको उक्त प्रदर्शनीमा ७० भन्दा बढी प्रदर्शनी कक्ष रहने पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । 

    उनका अनुसार एक हजारभन्दा बढी प्रकारका उपकरण तथा प्रविधिका सामग्री प्रदर्शनीमा राखिनेछ । “विदेशी उत्पादक कम्पनीले पनि प्रदर्शनीमा भाग लिँदैछन्”, उनले भने, “व्यवसायी तथा किसानलाई कृषियन्त्र, उपकरणबारे जानकारी दिनुका साथै बिक्रीको पनि प्रबन्ध गरिएको छ ।”

    पोखरा प्रदर्शनी केन्द्रमा हुने सो प्रदर्शनीमा पोखरा महानगरपालिकाले अनुदानमा आफ्ना किसानलाई कृषि उपकरण र सामग्री वितरणसमेन गर्ने भएको छ । 

    महानगरको कृषि व्यवसाय प्रवर्द्धन समितिको बिहीबार बसेको बैठकले प्रदर्शनीको अवसर पारेर एक सय १६ मिनिटिलर, तीन सय ८५ प्लाष्टिकलगायत सामग्री वितरण गर्ने निर्णय गरेको महाशाखा प्रमुख कडरियाले बताए ।

    पोखरामा पहिलोपटक आयोजना हुन लागेको कृषि यान्त्रीकरण प्रदर्शनीबाट यस क्षेत्रका किसानले प्रत्यक्ष लाभ लिने उनको भनाइ छ । 

    “कम लागतमा कृषि उत्पादन र बजारीकरणका लागि यान्त्रीकरणलाई अवलम्बन गर्न यो प्रदर्शनीले किसानलाई प्रेरित गर्छ, नयाँनयाँ प्रविधिबारे किसानले सिक्ने र बुझ्ने अवसर पनि पाउँछन्”, महाशाखा प्रमुख कडरियाले भने ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार