images
images

होटल व्यवसायलाई उद्योग सरहको सुविधा दिन व्यवसायीहरूको माग

होटल व्यवसायलाई उद्योग सरहको सुविधा दिन व्यवसायीहरूको माग

शुक्रवार, पुस २० २०८०
शुक्रवार, पुस २० २०८०
  • होटल व्यवसायलाई उद्योग सरहको सुविधा दिन व्यवसायीहरूको माग
    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरहको सुविधा प्रदान गर्न कानुनमन्त्रीसमक्ष माग गरेको छ ।
     
    महासङ्घका उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले आज कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई भेटेर होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गर्न माग गरेको हो ।
     
    होटल क्षेत्रले ठूलो पूँजी लगानी गरी सोही अनुरुप रोजगारी दिनुका साथै अर्थतन्त्रमा टेवा दिएको भन्दै सो क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न माग गरिएको समितिका संयोजक देशबन्धु बस्नेतले जानकारी दिए ।
     
    कानूनमन्त्री गुरुङले विदेशी पर्यटक भित्राउने  तारेहोटललाई उच्च प्राथमिकता साथ उद्योगको रूपमा समावेश गर्न आफूले प्रयास गर्ने बताए । उनले उद्योग व्यवसाय सञ्चालनमा सरकारले आवश्यक सहयोग गर्ने भन्दै व्यवसायीको मागका सम्बन्धमा आफू सकारात्मक रहेको बताएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार