images
images

बेलायतमा निर्वाचन सन् २०२४ को मध्यपछि मात्रः प्रधानमन्त्री सुनक

बेलायतमा निर्वाचन सन् २०२४ को मध्यपछि मात्रः प्रधानमन्त्री सुनक

शुक्रवार, पुस २० २०८०
शुक्रवार, पुस २० २०८०
  • बेलायतमा निर्वाचन सन् २०२४ को मध्यपछि मात्रः प्रधानमन्त्री सुनक

    बेलायतका प्रधानमन्त्री ऋषि सुनकले यस वर्षको मध्यपछि मात्र चुनाव हुने सम्भावना रहेको बताएका छन् । पछिल्लो समय बेलायतमा  मतदानको मितिको बारेमा अड्कलबाजी बढ्दै गएको छ।

    images
    images

    प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टी  सन् २०१० देखि सत्तामा छ ।  सो पार्टी जनवरी २०२५ को अन्त्यसम्म बहुप्रतीक्षित आम चुनावको परीक्षणको पर्खाइमा पनि छ ।  

    सन् २०२२ अक्टोबरमा पार्टीको आन्तरिक भोटमा टोरी नेता बनेका सुनकले अन्तिम समयसम्म जनादेश सुरक्षित गर्ने प्रयास गर्ने अन्तिम मिनेटसम्म नछोड्ने सङ्केत गर्नु भएको छ । 
     
    मध्य इङ्गल्याण्डको म्यानफिल्डको भ्रमणका क्रममा उनले यस वर्षको पछिल्लो ६ महिनाभित्र चुनाब गराउँने आफ्नो प्रतिबद्धता रहेको बताएका छन्। विगत १४ वर्षमा पाँच नेता र प्रधानमन्त्री भएका टोरीजले केयर स्टाररको मुख्य विपक्षी लेबर पार्टीलाई सत्ता हस्तान्तरण गर्दै चुनावमा हार्ने अनुमान गरिएको छ।

    सत्तारुण कन्जरभेटिभहरूलाई सन् २००८ को विश्वव्यापी वित्तीय समस्या, त्यसपछि उच्च मुद्रास्फीति र ऊर्जा मूल्यको अस्थिरता आदि कारणले गम्भीर धक्का दिएको छ ।  

    सम्भावित चुनावको मिति मे २ वा मार्च ६ हुन सक्ने र ती मिति स्थानीय  चुनाव र बजेटको मिति आसपास हुने हुनाले सत्तारूण दललाई मतादातालाई आकर्षित गर्न लोकप्रिय कार्यक्रम ल्याउन अनकूल हुन सक्ने सुझाव पनि दिइएको छ ।

    पूर्व अर्थमन्त्री समेत रहेका सुनकले अर्थतन्त्रलाई राम्रोसँग व्यवस्थापन गर्न र जनताको कर कटौती गर्न आवश्यक कदम चाल्ने उल्लेख गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार