images
images

नामियाको पहिलो प्रादेशिक कृषि यन्त्र तथा प्रविधि प्रदर्शनीको तयारी अन्तिम चरणमा, केके छन् आकर्षण ?

नामियाको पहिलो प्रादेशिक कृषि यन्त्र तथा प्रविधि प्रदर्शनीको तयारी अन्तिम चरणमा, केके छन् आकर्षण ?

बिहिवार, पुस १९ २०८०
बिहिवार, पुस १९ २०८०
  • नामियाको पहिलो प्रादेशिक कृषि यन्त्र तथा प्रविधि प्रदर्शनीको तयारी अन्तिम चरणमा, केके छन् आकर्षण ?

    काठमाडौँ / नेपालमै पहिलो पटक हुन लागेको प्रादेशिक कृषि यन्त्र र प्रविधि सम्बन्धी वृहत प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने मूल नारासाथ भोलि शुक्रबारदेखि पोखरा प्रदर्शनी केन्द्र, नयाँ बजार, पोखरामा हुने गण्डकी प्रदेशस्तरीय प्रदर्शनीको तयारी ९० प्रतिशत पूरा भएको हो ।

    images
    images

    प्रदर्शनी यही पुस २० देखि २२ गतेसम्म बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाट्न शुक्रबार ११ बजे गण्डकी प्रदेश कृषि तथा भूमिब्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले गर्नेछन् । 

    नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)ले यसअघि राष्ट्रियस्तरमा कृषि यन्त्र र प्रविधिसम्बन्धी एक्स्पो गर्दै आएको थियो । यस पटकदेखि प्रादेशिकस्तरमा पनि एक्स्पोको सुरुवात गरिएको नामियाको अध्यक्ष कृष्ण शर्माले जानकारी दिए । 

    एकै थलोमा आधुनिक प्रविधि, विभिन्न कृषि औजार र उपकरण र यन्त्र तथा सेवाहरूकाबारे जानकारी गराउने, नीति निर्माता तथा उपभोक्ताहरुलाई कृषि यान्त्रीकरण प्रविधिसम्बन्धी चेतना जगाउने, प्रविधिको प्रवर्द्धनमा योगदान पुर्याउने र कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजारको विकास गर्ने जस्ता उद्देश्य आयोजकले लिएको छ । 

    त्यसैगरी कृषियन्त्र, उपकरणहरूको प्रवर्द्धनमा वृद्धि भई कृषि यान्त्रीकरणमा सहयोग पुर्याउनु, कृषि यान्त्रीकरण व्यवसायी र उपभोक्ताबिच समन्वय गर्नु, व्यावसायिक कृषि प्रणालीसम्बन्धी चेतना अभिवृद्धि गर्नु तथा लगानीको अवसर सिर्जना गर्नु प्रदर्शनीका अन्य उद्देश्य हुन् । 

    प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्पखेती, व्यवसायिक तरकारी खेती र प्रशोधन तथा बजारीकरणसम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउविजन, आधुनिक सिँचाई लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहनेछ ।

    यस प्रादेशिक मेलामा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रर्वद्धन केन्द्र, कृषि विकास निर्देशनालय, गण्डकी र पोखरा महानगरपालिकाले पनि आयोजकको रूपमा  सघाएका छन् । 

    त्यसैगरी, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (रीड), हरिहरभवन, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप), हरिहरभवन र नेपाल लाइभ स्टक सेक्टर इनोभेशन आयोजना (एनएलएसआईपी), हरिहरभवन, ललितपुर र राष्ट्रिय कृषि ईन्जिनियरिङ्ग अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरले पनि यस कार्यक्रममा सहयोगी  रूपमा सहकार्य गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि मेलालाई प्रवर्द्धन गरेको छ । 

    मेलामा करिव ५ करोड रुपैयाँ बरावरको कारोबार हुने अनुमान रहेको अध्यक्ष शर्माले बताए । कृषक, कृषिकर्मी, उद्यमी, व्यवसायी, कृषिविज्ञ, राजनीतिकर्मी, विद्यार्थी, कर्मचारी लगायत गरी करिब २० हजारले मेलाको अवलोकन गर्ने आयोजकको अनुमान छ । 

    केके छन् आकर्षण ?

    प्रदर्शनीमा ६० भन्दा बढी प्रदर्शनीकर्ताहरूको ७० ओटा स्टलहरू रहनेछन् । पहिलोपटक हुन लागेको प्रादेशिक कृषि प्रदर्शनीमा एकै थलोमा एक हजारबढी कृषि प्रविधिहरूको अवलोकन गर्न सकिने अध्यक्ष शर्माले जानकारी दिए । 

    त्यस्तै, मेड इन प्याभेलियन पनि मेलामा रहेको छ । नेपालका उत्पादन र रैथाने बालीहरूको विषयमा समेत मेलाबाट जानकारी लिन सकिन्छ । मेला अवधिभर कृषिसम्बन्धी गोष्ठी तथा सेमिनार सञ्चालन हुनेछन् । त्यस्तै, जमिन तयार गर्नेदेखि पोष्ट हार्भेस्ट गर्नेसम्मका कृषि प्रविधिहरू मेलामा उपलब्ध हुनेछ । 

    तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा ४० जिल्लाका १० हजारभन्दा बढी अगुवा किसानहरू, नीति निर्माता, विषय विज्ञ, व्यवसायीको भ्रमण हुने अपेक्षा गरिएको अध्यक्ष शर्माले बताए। 

    उक्त प्रादेशिक प्रदर्शनीमा  एसकेटि नेपाल प्रा.लि. गोल्ड स्पोन्सर रहेको छ भने जि सेभेन एग्रिकल्चर प्रा.लि., मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, कृषि विकास बैंक लिमिटेडले सिल्भर स्पोन्सर रहेका छन् । सर्भिलियन्स पार्टनरको रूपमा जोधनी ईलेक्ट्रो प्रा.लि. रहेको छ । प्रदर्शनीमा प्रबेश निःशुल्क छ ।
     
    पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७० सालमा चितवनको नारायणगढमा आयोजना भएको थियो । त्यसपछि यो प्रदर्शनी बाँकेको कोहलपुर, काठमाडौँको भृकुटीमण्डप र सुनसरीको धरानमा एकएक पटक तथा चितवनको भरतपुरमा दुई पटक आयोजना भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार