images
images

नेपाल उड, फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै, स्वदेशी तथा बिदेशी चर्चित ब्राण्डहरूको सयबढी स्टल रहने

नेपाल उड, फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै, स्वदेशी तथा बिदेशी चर्चित ब्राण्डहरूको सयबढी स्टल रहने

बुधवार, पुस १८ २०८०
बुधवार, पुस १८ २०८०
  • नेपाल उड, फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै, स्वदेशी तथा बिदेशी चर्चित ब्राण्डहरूको सयबढी स्टल रहने

    काठमाडौँ / मिडिया स्पेस सोलुसन्स प्रा.लि.र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि.को संयुक्त आयोजनामा नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेशनल एक्स्पोको नवौं संस्करण हुने भएको छ । 

    images
    images

    फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरू सम्बन्धि बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी यही पुस २०, २१ र २२ गते काठमाडौँको भृकृटीमण्डपमा हुनेभ एको हो । 
     
    उक्त प्रदर्शनीमा स्वदेशी तथा बिदेशी ख्याती प्राप्त ब्राण्डहरूका १०० भन्दा बढी स्टलहरू रहने आयोजकले जानकारी दिएका छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र बिक्रेताहरूले काठ ब्यबसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनका लागि यो प्रदर्शनी बिगत ८ वर्ष देखी कोसेढुंगा सावित हुँदै आएको आयोजकको दावी छ ।

    उक्त अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता रहने बताइएको छ ।
     
    नवौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरूले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरूमा प्रयोग गराउन एउटा पहलका रूपमा लिएका छन् । सो प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरूलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्नेछ ।
     
    उक्त प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा सोसाइटी अफ नेपालिज आर्कीटेक्ट, इन्टेरियर डिजाईनर एसोसिएसन नेपाल, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ तथा नेपाल प्लाईउड उत्पादक संघ रहेका छन भने ल्यानयार्ड पार्टनरको रूपमा फर्निचर हब रहेको छ ।

    सो प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरण मा टेवा पुर्‍याउने हामीले विश्वास राखेका छौँ । यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरियर डिजाइनरहरूको सहभागिता रहने छ ।

    “प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने छ । यस प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरूमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने विश्वास लिएका छौँ”आयोजकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार