काठमाडौँ / स्मार्ट डोर्स लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । कम्पनीले आइपिओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
पुस १७ गते आयोजित एक कार्यक्रमकाबिचमा स्मार्ट डोर्सको तर्फबाट अध्यक्ष मिता मुरारका अग्रवाल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
२ करोड ८० लाख रुपैयाँ शेयर पूँजी बराबरको एक सय रुपैयाँ अंकित दरको २ लाख ८० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागिएको हो । सन् २०७८ मा स्थापना भएकोे यस कम्पनीले नेपालमा विभिन्न प्रकारको ढोकाहरू उत्पादन तथा बिक्री गर्दै आईरहेको छ ।
कम्पनीले जÞर्मनी प्रविधिका मेशिनहरूबाट गुणस्तरीय ढोकाहरू २५ बर्षिय वारेन्टीका साथ नेपालमै उत्पादन गर्दै आईरहेको छ । साथै, यस कम्पनीद्वारा उत्पादित माईका ढोका, मेमरेन ढोका र थ्री डी ढोका विश्वभर प्रसिद्ध छन् ।