images
images

रविले लामिछानेले हाले कान्तिपुरविरुद्ध मुद्दा, भने “एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन”

रविले लामिछानेले हाले कान्तिपुरविरुद्ध मुद्दा, भने “एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन”

मंगलवार, पुस १७ २०८०
मंगलवार, पुस १७ २०८०
  • रविले लामिछानेले हाले कान्तिपुरविरुद्ध मुद्दा, भने “एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन”

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध गाली मुद्दा दायर गरेका छन् । कान्तिपुरले भ्रामक समचार सम्प्रेण गरी आफ्नो बेइज्जती गरेको भन्दै मंगलबार लामिछानेले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन् ।

    images
    images

    सहकारी संस्थाको रकम हिनामिना गरेको भनेर नियोजित रूपमा आफूविरुद्ध समाचार प्रकाशन गरेको कारण कानुनी उपचारमा गएको लामिछानेले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

    समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल आफू केही पनि नरहेको उनको दावी छ । पछिल्लो समय कान्तिपुरले पोखरा, चितवन, बुटवल लगायतका सहकारीहरूमा सर्वसाधरणले जम्मा गरेको पैसा ग्यालेक्सी टिभीका अध्यक्ष जिबी राईले ठगी वा अपचलन गरेर फरार भएको समाचारहरू सम्प्रेषण गरेको थियो । 

    ग्यालेक्सी टिभीका तत्कालीन एमडीसमेत रहेका लामिछानेको संलग्नता रहेको भन्दै समाचारहरू प्रकाशन गरेको थियो। त्यसविरूद्ध रविले आफ्ना फेसबुक स्टाटसहरूमार्फत् प्रतिवाद गर्दै आएका थिए।

    उनले समाचारमा आएका सहकारीहरूमा आफ्नो नाम राखिए÷देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्ये एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्ये सबैभन्दा दरिलो उभिन सकिनँ भने यो अनुहार लिएर भोट माग्न आउँदिनँ । यो मेरो वचन भो । मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार