images
images

नमियाले पोखरामा पहिलो प्रादेशिक कृषि यन्त्र तथा प्रविधि प्रदर्शनी गर्ने, आन्तरिक बजारको विस्तार गर्ने लक्ष्य

नमियाले पोखरामा पहिलो प्रादेशिक कृषि यन्त्र तथा प्रविधि प्रदर्शनी गर्ने, आन्तरिक बजारको विस्तार गर्ने लक्ष्य

आइतवार, पुस १५ २०८०
आइतवार, पुस १५ २०८०
  • नमियाले पोखरामा पहिलो प्रादेशिक कृषि यन्त्र तथा प्रविधि प्रदर्शनी गर्ने, आन्तरिक बजारको विस्तार गर्ने लक्ष्य

    काठमाडौँ / कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने मूल नारासाथ नेपालमै पहिलो पटक प्रादेशिक कृषि यन्त्र र प्रविधि सम्बन्धी वृहत प्रदर्शनी हुने भएको छ । पोखरा प्रदर्शनी केन्द्र, नयाँ बजार, पोखरामा गण्डकी प्रदेशस्तरीय प्रदर्शनी यही पुस २० देखि २२ गतेसम्म हुने भएको छ ।

    images
    images

    प्रदर्शनी बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)ले यसअघि राष्ट्रियस्तरमा कृषि यन्त्र र प्रविधिसम्बन्धी एक्स्पो गर्दै आएको थियो । यस पटकदेखि प्रादेशिकस्तरमा पनि एक्स्पोको सुरुवात गरिएको नामियाको अध्यक्ष कृष्ण शर्माले जानकारी दिए । 

    एकै थलोमा आधुनिक प्रविधि, विभिन्न कृषि औजार र उपकरण र यन्त्र तथा सेवाहरूकाबारे जानकारी गराउने, नीति निर्माता तथा उपभोक्ताहरुलाई कृषि यान्त्रीकरण प्रविधिसम्बन्धी चेतना जगाउने, प्रविधिको प्रवर्द्धनमा योगदान पुर्याउने र कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजारको विकास गर्ने जस्ता उद्देश्य आयोजकले लिएको छ । 

    त्यसैगरी कृषियन्त्र, उपकरणहरूको प्रवर्द्धनमा वृद्धि भई कृषि यान्त्रीकरणमा सहयोग पुर्याउनु, कृषि यान्त्रीकरण व्यवसायी र उपभोक्ताबिच समन्वय गर्नु, व्यावसायिक कृषि प्रणालीसम्बन्धी चेतना अभिवृद्धि गर्नु तथा लगानीको अवसर सिर्जना गर्नु प्रदर्शनीका अन्य उद्देश्य हुन् । 

    प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्पखेती, व्यवसायिक तरकारी खेती र प्रशोधन तथा बजारीकरणसम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउविजन, आधुनिक सिँचाई लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहनेछ ।

    यस प्रादेशिक मेलामा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रर्वद्धन केन्द्र, कृषि विकास निर्देशनालय, गण्डकी र पोखरा महानगरपालिकाले पनि आयोजकको रूपमा  सघाएका छन् । 

    त्यसैगरी, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (रीड), हरिहरभवन, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप), हरिहरभवन र नेपाल लाइभ स्टक सेक्टर इनोभेशन आयोजना (एनएलएसआईपी), हरिहरभवन, ललितपुर र राष्ट्रिय कृषि ईन्जिनियरिङ्ग अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरले पनि यस कार्यक्रममा सहयोगी  रुपमा सहकार्य गरेको छ । 

    प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि मेलालाई प्रवद्र्धन गर्ने भएको छ ।  प्रदर्शनीमा ६० भन्दा धेरै स्टलहरु रहनेछन् भने करिव ५ करोड रुपैयाँ वरावरको कारोबार हुने अनुमान आयोजकले गरेको छ । कृषक, कृषिकर्मी, उद्यमी, व्यवसायी, कृषिविज्ञ, राजनीतिकर्मी, विद्यार्थी, कर्मचारी लगायत गरी करिव २० हजारले मेलाको अवलोकन गर्ने अनुमान पनि आयोजकले गरेको छ । 

    यस प्रादेशिक प्रदर्शनीमा  एस केटि नेपाल प्रा.लि.ले गोल्ड स्पोन्सर रहेको छ भने जि सेभेन एग्रिकल्चर प्रा.लि., मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, कृषि विकास बैंक लिमिटेडले सिल्भर स्पोन्सर रहेका छन् । सर्भिलियन्स पार्टनरको रुपमा जोधनी ईलेक्ट्रो प्रा।लि रहेको छ । प्रदर्शनीमा प्रबेश निःशुल्क छ ।

    पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७० सालमा चितवनको नारायणगढमा आयोजना भएको थियो । त्यसपछि यो प्रदर्शनी बाँकेको कोहलपुर, काठमाडौंको भृकुटीमण्डप र सुनसरीको धरानमा एकएक पटक तथा चितवनको भरतपुरमा दुई पटक आयोजना भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार