images
images

बालकुमारीमा भएको घटनाप्रति एनआरएनएद्वारा दुःख व्यक्त

बालकुमारीमा भएको घटनाप्रति एनआरएनएद्वारा दुःख व्यक्त

आइतवार, पुस १५ २०८०
आइतवार, पुस १५ २०८०
  • बालकुमारीमा भएको घटनाप्रति एनआरएनएद्वारा दुःख व्यक्त

    काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए)ले शुक्रबार बालकुमारीमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । आइतबार एक विज्ञप्ति प्रकाशित गरी संघले दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतका भाषा परीक्षार्थी र प्रहरीबीच भएको उक्त घटनामा दुई युवकको निधन भएकोप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । 

    images
    images

    वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया जान आवश्यक परीक्षाको तयारी गर्दै गरेका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहले ज्यान गुमाएको उक्त घटनाले सबै गैरआवासीय नेपालीहरूलाई भावनात्मक चोट पुगेको संघको विज्ञप्तिमा उल्लेख छ ।

    “नेपालमा पर्याप्त रूपमा रोजगारीका अवसर नहुँदा आफू र आफ्नो परिवारको उज्ज्वल भविष्यको लागि दैनिकरूपमा हजारौंको संख्यामा नेपाली युवा विदेशिन बाध्य भएका हुन् । यस्तो परिस्थिति र पृष्ठभूमिमा युवाप्रति सम्बन्धित निकायले देखाउने व्यवहार वास्तवमै संवेदनशील हुन जरुरी छ भन्ने कुरा ग्रहण गर्न संघ नेपाल सरकार समक्ष अनुरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ । 

    नेपालमै थप रोजगारी सृजना गर्न, वैदेशिक रोजगारीमा जाने युवाहरूलाई गन्तव्य मुलुकसम्म पुग्नको लागि स्पष्ट, सरल र सहज वातावरण बनाउन संघ नेपाल सरकारसँग सहकार्य गरी अघि बढ्न सधैँ तयार रहेको संघले जनाएको छ ।

    यस्ता अप्रिय घटना फेरि दोहोरिन नदिन र युवाको भावना तथा अपेक्षाप्रति संवेदनशील बन्न पनि संघले अपिलसमेत गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार