images
images

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर, कति बर्षको कैद सजाय होला ?

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर, कति बर्षको कैद सजाय होला ?

शुक्रवार, पुस १३ २०८०
शुक्रवार, पुस १३ २०८०
  • बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर, कति बर्षको कैद सजाय होला ?

    काठमाडौँ / जिल्ला अदालत काठमाडौँले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि गर्दै दोषी ठहर गरेको हो । 

    images
    images

    तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । यस्तै सजाय निर्धारणका लागि पुस २५ गते पेसी तोकिएको छ । 

    अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ । किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगेको पनि अदालतले ठहर गरेको छ । लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ ङ बमोजिम ७ देखि १० वर्ष कैद हुन सक्ने जनाइएको छ । 

    त्यसका लागि पुस २५ गते सुनुवाइ हुने छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार