images
images

हामी काम गरिरहेका छौँ, मिसन ८४ कुरेर ढुकेर धुपबत्ती बालेर बसेका छैनौँ : रवि लामिछाने

हामी काम गरिरहेका छौँ, मिसन ८४ कुरेर ढुकेर धुपबत्ती बालेर बसेका छैनौँ : रवि लामिछाने

बिहिवार, पुस १२ २०८०
बिहिवार, पुस १२ २०८०
  • हामी काम गरिरहेका छौँ, मिसन ८४ कुरेर ढुकेर धुपबत्ती बालेर बसेका छैनौँ : रवि लामिछाने

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले अब पनि नारायणगढ बुटवल सडक नबनाउनेलाई जनताले धुलो चटाउने चेतावनी दिएका छन् ।

    images
    images

    सडक निर्माणमा भएको ढिलासुस्ती विरुद्ध ११३ किलोमिटरको सडकखण्डमा थालेको दबाब यात्रा बुटवल पुगेपछि काम गर्छु भनेर अब जनतालाई ढाट्ने छुट कसैलाई नभएको बताए ।

    उनले भने, ‘जजसले यसलाई काम गर्छु भनेर प्रतिबद्धता जनाउनुभएको छ, सरकार, सरकारवाला र ठेकेदार कम्पनी सबैलाई भन्न चाहन्छु कुनै पनि हालतमा समय निर्धारण गरेर कहिलेसम्म यो बाटो बन्न भन्न अब बताइएन भने हामी सधैं बाटोमा धुलो खाएर हिँडैदनौं, तपाईंहरुलाई धुलो चटाउँछौं । जसले जनतालाई धुलो खुवाउँछ त्यसलाई जनताले धुलो चटाउँछन् । तपाईंहरुले मिसन ८० भन्नुभएको थियो नि त्यसमध्येको एउटा यो पनि हो । हामीले अहिले नै काम गरिरहेका छौं ०८४ कुरेर ढुकेर धुपबत्ती बालेर बसेको छैन रास्वपा ।’

    उनले आफ्नो पार्टीका सार्थीहरुले प्रत्येक दिन संसदीय समिति, संसद फिल्ड र नीति निर्माणमा काम गरिरहेको बताए । उनले भने, ‘एसीवाला रुममा मात्रै बस्ने छुट हामीलाई छैन जनतासँग दुःखमा निस्कनुपर्छ हन्डर खानुपर्छ ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार