काठमाडौँ / ‘आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रुपमा रहने भएको छ ।
‘आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्डलद्वारा नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान ‘पहिला घरदेश, अनि परदेश – आन्तरिक पर्यटनको प्रवर्धन’ सन्देश लिई नेपालमा ८ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रुपमा रहने भएको हो ।
‘हङ्गकङ्ग पोखरा’, ‘तगारोमा रूमाल’, ‘लेककी हे माया’, ‘तिमी पारी’, ‘डाँडापारी’ आदि कालजयी गीतहरू प्रस्तुत गरी नेपाली फोक-पप सङ्गीतमा आफ्नो अमिट छाप छोडेको कन्दरा ब्यान्डले यही २०८० पौष २७ गते पोखराको पोखरा प्रदर्शनी केन्द्रबाट आफ्नो प्रत्यक्ष साङ्गीतिक कार्यक्रम सुरू गर्दै छ । पहिलो कार्यक्रम पोखराबाट सुरू गरी अन्तिम कार्यक्रम काठमाडौंमा समापन गर्ने लक्ष्य कन्दरा ब्यान्डको व्यवस्थापन कम्पनि – एल्फा स्क्वायरले जनाएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा प्रज्ञा-प्रतिष्ठान, लाइन्स क्लब अफ पोखरा – सामीप्य, आदि सङ्घ-संस्थाले प्रवर्धन गरिरहेका छन् । सो कन्सर्टको एकमात्र एक्सक्लुसिव टिकेटिङ पार्टनर रुपमा आइएमई पे आबद्ध भएको छ, जसले आफ्नो आधिकारिक मोबाइल एपबाट टिकट विक्री गर्ने कम्पनीले जनाएको छ ।
कन्दरा ब्यान्डले नेपाली फोक-पप सङ्गीतको क्षेत्रमा पुर्याएको योगदान र नेपाली कला सङ्गीतबाट नेपालको आन्तरिक पर्यटनका लागि गरिरहेको यो अभियान – पहिला घरदेश, अनि परदेशको नारालाई हामी आइएमई समूह पनि उत्तिकै गर्विलो तवरले वहन गर्दै कन्दराको प्रत्यक्ष कार्यक्रममा सहभागि भई टिकटको विक्री-वितरण गर्दा हामी सङ्गीतको क्षेत्र, पर्यटनको क्षेत्र, र समग्र नेपालको आर्थिक क्षेत्रमा नै योगदान गरिरहेको महसुस गरेको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।