images
images

हिमालयन डिष्टिलरीको सिल्भर ओक बजारमा, ओक सिरिजमा अर्को एक नयाँ ब्राण्ड

हिमालयन डिष्टिलरीको सिल्भर ओक बजारमा, ओक सिरिजमा अर्को एक नयाँ ब्राण्ड

बिहिवार, पुस १२ २०८०
बिहिवार, पुस १२ २०८०
  • हिमालयन डिष्टिलरीको सिल्भर ओक बजारमा, ओक सिरिजमा अर्को एक नयाँ ब्राण्ड

    काठमाडौँ / नेपाली मदिरा उद्योग मध्येको एक अग्रणी कम्पनी हिमालयन डिष्टिलरी लिमिटेडले ओक सिरिजलाई विस्तारित रूपमा बजारमा परिचित गराउने क्रममा मार्केटमा सिल्भर ओक नामक ह्वाइट स्पिरिटमा नयाँ व्राण्डको मदिरा लन्च गरेको छ । यस नयाँ उत्पादनले नवीनता र ग्राहक सन्तुष्टिप्रतिको कम्पनीको तिबद्धता झल्काउनेछ ।

    हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्ल्याक ओक र ब्लु ओक जस्ता चर्चित ब्रान्डहरू यस अघि नै नेपाली बजारमा ल्याएको छ । प्रत्येक ओक ब्रान्डले उपभोक्ताको फरक स्वादप्रतिको रुचीको प्रतिनिधित्व गर्दछन्, जुन उपभोक्ताहरू माझ लोकप्रिय रहेका छन् । यस नयाँ उत्पादन सिल्भर ओकले उपभोक्ता माझ फरक स्वाद र अनुभव प्रदान गर्ने विश्वास लिएको छ ।

    हिमालयन डिस्टिलरीका सिइओ निरज सुवेदीले नयाँ उत्पादनको बारेमा उत्साह व्यक्त गर्दै भने, “एचडीएले उपभोक्ता केन्द्रित इनोवेशनमा मजबुतीका साथ कार्य गर्ने गरेको जसका कारण हामीले बजारको गतिशीलता बुझ्न र नयाँ अन्तर्दृष्टि प्राप्त गर्ने तर्फ निरन्तर अनुसन्धानमा संलग्न छौं । सिल्भर ओकले उपभोक्तालाई अलगै वर्गको छुट्टै स्वाद प्रदान गर्नुको साथै बजारमा हाम्रो उपस्थितिलाई उल्लेखीय रूपमा बढोत्तरी हुनेतर्फ हामी आस्वस्त रहेका छौँ । ”

    “हामी उपभोक्ताहरूलाई नयाँ अनुभव दिन चाहन्छौँ, त्यसैले हामीले ओक परिवारमा ध्यान केन्द्रित गरेका छौँ र ब्राण्ड विस्तार गरेका छौँ । उच्चस्तरको शुद्धता प्राप्तिका लागि टुवेल–कोलम डिस्टिलेसनबाट उत्पादित ग्रेन ई.एन.ए ब्लेन्डबाट सिल्भर ओक उत्पादन गरीएको छ । सिल्भर ओकलाई स्मुथ फिनिशिङ्गका लागि क्राफ्ट गरिएको छ, उपभोक्ताले सेवन गर्दा यसलाई महसुस गर्न सक्नेछन् ।” ब्राण्ड म्यानेजरले बताए । 

    हाल सिल्भर ओक ७५० एमएल, ३७५ एमएल र १८० एमएलका बोतलहरूमा बजारमा उपलब्ध छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार