images
images

नेपालमा पहिलो पटक प्रदेश स्तरीय ‘कृषि यान्त्रिकरण’ प्रदर्शनी हुँदै, ५ करोड बराबरको कारोबार हुने अपेक्षा

नेपालमा पहिलो पटक प्रदेश स्तरीय ‘कृषि यान्त्रिकरण’ प्रदर्शनी हुँदै, ५ करोड बराबरको कारोबार हुने अपेक्षा

बुधवार, पुस ११ २०८०
बुधवार, पुस ११ २०८०
  • नेपालमा पहिलो पटक प्रदेश स्तरीय ‘कृषि यान्त्रिकरण’ प्रदर्शनी हुँदै, ५ करोड बराबरको कारोबार हुने अपेक्षा

    काठमाडौँ / ‘कृषिमा यान्त्रिकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ नाराका साथ नेपालमा पहिलो पटक प्रदेश स्तरीय ‘कृषि यान्त्रिकरण’ प्रदर्शनी हुने भएको छ । 

    images
    images

    कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्र, हरिहरभवन ललितपुर, कृषि विकास निर्देशनालय गण्डकी प्रदेश, पोखरा, पोखरा महानगरपालिका र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा पुस २० देखि २२ गतेसम्म गण्डकी प्रदेशको पोखरा प्रदर्शनी केन्द्रमा प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी हुने भएको हो । 

    तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा ४० जिल्लाका १० हजारभन्दा बढी अगुवा किसानहरू, नीति निर्माता, विषय विज्ञ, व्यवसायीको भ्रमण हुने अपेक्षा गरिएको नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले बताए । उनका अनुसार १० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको उक्त मेलामा ५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

    यसअघि पाँच पटक राष्ट्रिय स्तरको कृषि यान्त्रिकरण प्रदर्शनी गरिसकेको संघले गण्डकी प्रदेश सरकारको कृषि विकास निर्देशनालयले नीति तथा कार्यक्रममा नै समावेश गरी नेपाल कृषि मेसिनरी व्यवसायी संघसँग सहकार्य गरेर प्रदेशस्तरीय कृषि यान्त्रिकरण गर्ने भनेर निम्तो आएको कारण प्रदेश स्तरीय प्रदर्शनी गर्ने तयारी गरिएको उनले बताए । 

    उनले भने, “गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममै समेटिएको हुनाले यस बर्ष प्रथम पटक प्रदेश स्तरीय कृषि यान्त्रिकरण प्रदर्शनी हुनेछ । गण्डकी प्रदेशको राजधानी सुन्दर पर्यटकीय नगरी पोखरामा पहिलो पटक कृषि मेसिनरी प्रदर्शनी हुन लागेको कारण पनि यस बर्षको प्रदर्शनी निकै आकर्षक र रोचक हुनेछ ।”

    अध्यक्ष शर्माका अनुसार मेलामा नेपाल र भारतका गरी ४० भन्दा बढी प्रदर्शनीकर्ताहरू, ५५ ओटाभन्दा बढी स्टलहरू रहनेछन् । यस बर्षको प्रदर्शनी विशेष हुने भएको भन्दै अध्यक्ष शर्माले कृषिसँग सम्बन्धित किसान, उद्योगी, व्यवसायीलगायत सम्पूर्ण सरोकारावालालाई प्रदर्शनी अवधिमा अवलोकनका लागि पोखरा आउनसमेत आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार