काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
यसअघि प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर १ लाख २० हजार ७ सय रुपैयाँ पुगेको हो । यसैगरी तेजावी सुन प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँ रहेकोमा बढेर १ लाख २० हजार १ सय रुपैयाँ पुगेको छ ।
यता, चाँदी प्रतितोला १० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँ पर्ने चाँदीको मूल्य आज घटेर १ हजार ४ सय ७५ रुपैयाँ कायम भएको हो ।