images
images

मन्त्री आचार्यद्वारा जाजरकोटका भूकम्प प्रभावितहरूका लागि विन्टराइजेशन टेन्ट हस्तान्तरण

मन्त्री आचार्यद्वारा जाजरकोटका भूकम्प प्रभावितहरूका लागि विन्टराइजेशन टेन्ट हस्तान्तरण

मंगलवार, पुस १० २०८०
मंगलवार, पुस १० २०८०
  • मन्त्री आचार्यद्वारा जाजरकोटका भूकम्प प्रभावितहरूका लागि विन्टराइजेशन टेन्ट हस्तान्तरण

    जाजरकोट / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले सोमबार जाजरकोटको भेरी ( १ रावत गाँउस्थित सेभ द चिल्ड्रेनद्वारा जारी भूकम्प प्रतिकार्य कार्यक्रम क्षेत्रहरूको भ्रमण गरेका छन् ।

    images
    images

    भ्रमणको क्रममा, गत कार्तिक १७ गते जाजरकोट र रूकुम पश्चिमा गएको विनाशकारी भूकम्पबाट प्रभावित समुदायहरूलाई अत्याधिक जाडोबाट जोगाउन यूरोपेली संघद्वारा सेभ द चिल्ड्रेनलाई प्रदान गरिएका विन्टराइजेशन टेन्टहरू भूकम्प प्रभावित समूहलाई हस्तान्तरण गरे । 

    उनले भने, “भूकम्पबाट प्रभावित समुदायहरूको संरक्षण, सुरक्षा, र पुनस्र्थापना सुनिश्चित गर्न सरकार प्रतिवद्ध छ ।  महिला, बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक लगायतका अति प्रभावितहरूसम्म यथाशिघ्र अत्यावश्यक राहत तथा अन्य सहयोग पु¥याउन सरकारले सेभ द चिल्ड्रेन लगायत अन्य संघ सस्थाहरूसँग निकटरूपमा सहकार्य गर्दै आइरहेको छ ।” 

    मन्त्री आचार्यले जाजरकोटका भूकम्प प्रभावितका लागि सांसद विकाश कोषको ५ करोड रूपैयाँ उपलब्ध गराउने बताए । भूकम्प प्रभावित समुदायहरूलाई सहयोग गर्न आपसी सहकार्य गर्दै अगाडि बढ्नपर्ने मन्त्री आचार्यको भनाईमा जोड दिँदै सेभ द चिल्ड्रेनकी कार्यवाहक राष्ट्रिय निर्देशक तारा क्षेत्रीले भनिन्, “विपद्को बेलामा भूकम्पबाट अति प्रभावित समुदायको जीवन रक्षा गर्ने सहायता लिएर तत्काल पुग्न सरकार, स्थानीय साझेदारहरूको सहकार्यबाट सम्भव भएको छ । यूरोपेली संघद्वारा प्रदान गरिका विन्टराइजेसन टेन्टहरूले अत्याधिक जाडोको सामना गरिरहेका कैयौँ बालबालिका, महिला र बृद्ध नागरिकहरूको ज्यान जोगाउनेछ भन्ने हाम्रो विश्वास छ ।” 

    भूकम्प गएयता भूकम्प प्रभावित क्षेत्रमा तीन जना बालबालिका सहित ३२ जनाको अत्याधिक चिसोको कारण मृत्यु भएको छ । गत मंसीर २२ गते यूरोपेली संघले सेभ द चिल्ड्रेनलाई जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितहरूलाई वितरण गर्न ८०० थान विन्टर टेन्ट प्रदान गरेको थियो । 

    अन्य सामान्य टेन्टहरूभन्दा फरक तथा चिसो मौसमलाई लक्षित गरी विशेष तवरले निर्मित यी विन्टराइजेशन टेन्टहरू अग्निरोधी, जलरोधी र चुल्होयुक्त छन् । प्रत्येक टेन्टले प्रयोगकर्तालाई २३ वर्गमिटरको बासस्थल प्रदान गर्दछ ।  

    भूकम्प पश्चात् मानवीय सहायता कार्यक्रम अन्तर्गत सेभ द चिल्ड्रेनले विशेषगरी बालबालिका र उच्च जोखिममा रहेका व्यक्तिहरूको संरक्षण गर्न भूकम्प प्रभावित समुदायहरूको लागि अस्थाई बासस्थल निर्माण, विन्टराइजेशन टेन्टहरू, मनोसामाजिक सहयोग, बालबालिकाको लागि वैकल्पिक शिक्षा तथा बाल हेरचाह केन्द्रसम्बन्धी सहयोग प्रदान गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार