images
images

रास्वपाको प्रेस विज्ञप्ति : रवि लामिछानेलाई मकैको खोयाले किन हिर्काएको ?

रास्वपाको प्रेस विज्ञप्ति : रवि लामिछानेलाई मकैको खोयाले किन हिर्काएको ?

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • रास्वपाको प्रेस विज्ञप्ति : रवि लामिछानेलाई मकैको खोयाले किन हिर्काएको ?

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछानेलाई मकैको खोया प्रहार गरिएको सन्दर्भलाई लिएर सञ्चार माध्यम निकृष्ट भएको आरोप लगाएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै तथ्यलाई बेवास्ता गर्दै असान्दर्भिक विषय जोडेर प्रवाह गरिएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण रहेको बताएको हो । 

    images
    images

    यद्यपि, पोखरामा के कति कारणले ती व्यक्तिले सभापति लामिछानेलाई प्रहार गरे भन्ने नखुलेको रास्वपाको भनाइ छ । “यसबारे न प्रहरीले प्रहारकर्तालाई उधृत गर्दै सार्वजनिक जानकारी दिएको छ, न प्रहारकर्ताले नै कारण खुलाएका छन् । सभापति लामिछानेसँग त झनै सोधिएको छैन। आधिकारिक स्रोतले केही जानकारी नदिँदा नदिँदै अनुमानका आधारमा सभापति लामिछानेको चरित्र हत्या गर्ने दुरासयका साथ प्रेषित गरिएका समाचारहरुप्रति खेद व्यक्त गर्दछौं,” विज्ञप्तिमा उल्लेख छ । 

    पुस ७ गते पोखराको अमरसिंह चोकमा आयोजित सभामा मन्तव्य दिँदै गर्दा रास्वपाका सभापति रवि लामिछानेलाई लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए । खोया प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

    हेर्नुस् रास्वपाको विज्ञप्ति 

    raswopa.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार