images
images

आत्मनिर्भर लघुवित्तको बार्षिक साधारण सभा पुस २८ गते, लाभांश सहित यी प्रस्तावहरू पारित गरिने

आत्मनिर्भर लघुवित्तको बार्षिक साधारण सभा पुस २८ गते, लाभांश सहित यी प्रस्तावहरू पारित गरिने

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • आत्मनिर्भर लघुवित्तको बार्षिक साधारण सभा पुस २८ गते, लाभांश सहित यी प्रस्तावहरू पारित गरिने

    काठमाडौँ / आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

    images
    images

    कम्पनीले पुस २८ गते, शनिबार, होटल माला ईन, घोराही, दाङमा पाँचौ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर सहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

    त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । 

    यस बुक क्लोजको आधारमा पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार