images
images

सातामा प्रतितोला २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

सातामा प्रतितोला २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एक सातामा तोलामा २ हजार रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको हो ।

शुक्रवार, पुस ६ २०८०
शुक्रवार, पुस ६ २०८०
  • सातामा प्रतितोला २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

    काठमाडौँ / पुसको पहिलो साता स्थानीय बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एक सातामा तोलामा २ हजार रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको हो । 

    images
    images

    महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाल सुन प्रतितोला एक लाख ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन प्रतितोला एक लाख ५ सय २५ रुपैयाँमा कारोबार भएको थियो । 

    यता, आज शुक्रबार भने छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै, तेजावी सुनको मूल्य एक लाख १९ हजार २५० रुपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले महँगो हो ।

    शुक्रबार चाँदीको मूल्य एक हजार ४८५ रुपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो कारोबार दिन अर्थात बिहिबारको तुलनामा प्रतितोला ५ रुपैयाँले महँगो हो । किहिबार चाँदीको मूल्य एक हजार ४ सष् ८० रुपैयाँमा कारोबार भएको थियो भने, साताको पहिलो कारोबारको दिन अर्थात आइतबार एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । 

    तर, एक साताको बजार मूल्य विश्लेषण गर्दा साता भरीमा सुनको मूल्य तोलामा एक लाख १७ हजार ८ सय रुपैयाँबाट बढेर एक लाख १९ हजार ८ सय रुपैयाँ कायम भयो भने चाँदीको मूल्य तोलामा एक हजार ४ सय ५५ रुपैयाँबाट बढेर एक हजार ४८५ रुपैयाँ पुगेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार