images
images

भिसाद्वारा आयोजित कार्यक्रम ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२३‘ मा हिमालयन बैंक सम्मानित

भिसाद्वारा आयोजित कार्यक्रम ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२३‘ मा हिमालयन बैंक सम्मानित

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • भिसाद्वारा आयोजित कार्यक्रम ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२३‘ मा हिमालयन बैंक सम्मानित

    काठमाडौँ / भिसाद्वारा आयोजित कार्यक्रम ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२३‘ मा हिमालयन बैंक सम्मानित भएको छ । 

    images
    images

    विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जेसिबी, मास्टरकार्ड, युजियन पे एवं भिसा स्वीकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले “Excellence In POS Acquiring Business 2023” र “Excellence in Consumer Cards- Prepaid 2023” पुरस्कार प्राप्त गरेको हो । 

    भिसाद्वारा आयोजित एक समारोहकाबिच प्रमुख अतिथि डिपुटी गर्भनर बम बहादुर मिश्रा, नेपालका लागि भिजाका प्रतिनिधि वासु सौम्य, लगायत अन्य विशिष्ट अतिथिहरुका उपस्थितिमा बैंकलाई दुबै अवार्ड प्रदान गरि सम्मान गरिएको थियो । 

    बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । हिमालयन बैंक नेपालको एक मात्र बैंक हो जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्वीकार गर्ने गर्दछ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटिएम, पिओएस तथा ई–कमर्स गेटवे मार्फत स्वीकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरूलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुदै आइरहेको बैंकले जनाएको छ । 

    सो अवसरमा बैंकले आफ्ना विशिष्टिकृत सेवामाहरुमा आवद्द भई Card Acquiring Business गरिरहेका मर्चेन्ट, शुभेच्छुक एवं ग्राहकवर्गप्रति कृतज्ञता व्यक्त गरेको छ । साथै ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै  बैंकले  Diners/Discover तथा Rupay ब्राण्डका कार्डहरु पनि आफ्नो नेटवर्कमा स्वीकार गर्न सुरु गरेको छ । 

    हाल बैंकको २७० वटा एटिएम, ६ हजार ५०० भन्दा बढि पिओएस तथा करिब ८ सय इकमर्श मर्चेन्ट मार्फत कार्डका   ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार