images
images

लक्ष्मी सनराइज बैंकको वार्षिक साधारणसभा पुस २६ गते, बुक क्लोज कहिले ?

लक्ष्मी सनराइज बैंकको वार्षिक साधारणसभा पुस २६ गते, बुक क्लोज कहिले ?

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • लक्ष्मी सनराइज बैंकको वार्षिक साधारणसभा पुस २६ गते, बुक क्लोज कहिले ?

    काठमाडौँ / लक्ष्मी सनराइज बैंकले २३ औँ वार्षिक साधारणसभा पुस २६ गते गर्ने निर्णय गरेको छ । 

    images
    images

    बैंकको सञ्चालक समितिको पुस ४ गते बुधबार  बसेको बैठकले वार्षिक साधारणसभा पुस २६ गते गर्ने निर्णय गरेको हो । सभा काठमाडौँको कमलपोखरीस्थित अग्रवाल भवन दिउँसो २ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ।

    सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ७.३७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश छन्।

    बोनस शेयर जारी गर्नका लागि हकसम्म अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको चयन सभाले गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु स्वीकृत गर्नेछ।

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार