images
images

वस्तु तथा सेवाको गुणस्तर अभिवृद्धिबारे छलफल

वस्तु तथा सेवाको गुणस्तर अभिवृद्धिबारे छलफल

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • वस्तु तथा सेवाको गुणस्तर अभिवृद्धिबारे छलफल

    काठमाडौँ / उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वस्तु तथा सेवाको गुणस्तर अभिवृद्धि सम्बन्धमा छलफल गरेको छ । समितिको बुधबारको बैठकमा ‘उपभोक्ताको हक,हित संरक्षण तथा वस्तु तथा सेवाको गुणस्तर अभिवृद्धिसम्बन्धी छलफल’मा वस्तु वा सेवाको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर, शुद्धताको अनुगमन वा सुपरिवेक्षणका सम्बन्धमा केन्द्रीय बजार अनुगमन समितिबाट हालसम्म भएका कामको समीक्षा भएको थियो । 

    images
    images

    बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले बजारमा उच्च माग भएका वस्तु, स्वेदशमा उत्पादन न्यून भएका र आपूर्ति शृङ्खलामा अवरोध भएका चामल, चिनी, प्याजलगायत अत्यावश्यक वस्तुको पहिचान गरिएको बताए । 

    सचिव शर्माले गुणस्तरीय वस्तु तथा सेवाको उपभोमा उपभोक्ता पनि सजग हुनुपर्ने बताउँदै सामान खरिद गर्दा उत्पादन मिति, तौलको यकिन उपभोक्ता स्वयम्ले गर्नुपर्नेमा जोड दिए । 

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले ९९ प्रतिशत प्याज आयात भएको र एक प्रतिशत मात्र नेपाली उत्पादन रहेको बताउँदै स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने औँल्याए ।

    औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले  अनुगमनलाई स्थानीय तहसम्म विस्तार गर्न आवश्यक भएको बताए । 

    समितिका सदस्य डोलप्रसाद अर्यालले नेपालमा २२ प्रतिशतभन्दा बढी अखाद्य पदार्थ मिश्रण भएको खानी तेल प्रयोग भइरहेको जनाउँदै गुणस्तरहीन कस्मेटिक सामानले भविष्यमा छालाको क्यान्सरको जोखिम निम्त्याउन सक्ने चेतावनी दिए ।  

    समितिले तीन तहबीचको बजार अनुगमनमा एकरुपता कायम गर्न अनुगमनका कार्यक्रमलाई प्रभावकारी बनाउन कानुनी प्रावधान अनुसार विस्तृत कार्ययोजना तयार पारी समितिमा उपलब्ध गराउन केन्द्रीय अनुगमन समितिलाई निर्देशन दिएको छ । 

    उपभोक्ता हकहित, संरक्षणको लागि वस्तु तथा सेवाको मूल्य, गुणस्तर, अनुगमन, निरीक्षणसम्बन्धी मौजुदा कानुनमा संशोधन गर्नुपर्ने विषय समितिलाई उपलब्ध गराउन आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार