images
images

डाबर नेपालले ग-यो इजी हेल्थकेयर फाउन्डेसनलाई २५ लाख सहयोग

डाबर नेपालले ग-यो इजी हेल्थकेयर फाउन्डेसनलाई २५ लाख सहयोग

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • डाबर नेपालले ग-यो इजी हेल्थकेयर फाउन्डेसनलाई २५ लाख सहयोग

    काठमाडौँ / डाबर नेपालले “बर्न इन्जुरीजको रोकथाम र उपचारको लागि राष्ट्रिय कार्यक्रम (एनपिपिटिबिआइ)लाई समर्थन गर्ने संस्था इजी हेल्थकेयर फाउन्डेसन (इएचसिएफ)सँग अर्थपूर्ण साझेदारी बनाएको छ । 

    यो महान कार्य नेपालमा स्वास्थ्य पूर्वाधारलाई सहयोग गर्ने डाबर नेपालको अटल प्रतिबद्धतासँग निर्बाध रूपमा मिल्ने कम्पनीको भनाइ छ ।  इएचसिएफसँग हात मिलाएर, डाबर नेपालले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वलाई आगोको चोटहरूको रोकथाम र उपचारमा योगदान पु-याउँछ । 

    डाबर नेपालले आफ्नो सिएसआर पहल अन्तर्गत एचसिएफलाई नेपाली रू. २५ लाख प्रदान गरेको छ । काठमाडौँमा १५ डिसेम्बरमा आयोजित एक कार्यक्रममा डाबर नेपालका अध्यक्ष तथा एमडी ईश्वरी राणा, नेपाल र म्यानमारका बिजनेस हेड  हरकिरत बेदीले सो रकम हस्तान्तरण गरेका हुन् । 

    एचआर प्रमुख अनिल पुरी, इएचसिएफका निर्देशक रोहित रौनियार, संरक्षक उज्ज्वल विक्रम थापाको उपस्थितिमा इएचसिएफका संस्थापक अध्यक्ष अखिल शाक्यलाई चेक हस्तान्तरण गरिएको थियो ।
    ¬¬यो रणनीतिक साझेदारीले सामाजिक कल्याणको लागि साझा समर्पणलाई जोड दिन्छ र स्वास्थ्य केन्द्रित पहलहरूको प्रभावलाई बढाउँने कम्पनीको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार