images
images

हिमालयन बैंकले पनि यस बर्ष शेयरधनीहरूलाई लाभांश नदिने

हिमालयन बैंकले पनि यस बर्ष शेयरधनीहरूलाई लाभांश नदिने

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • हिमालयन बैंकले पनि यस बर्ष शेयरधनीहरूलाई लाभांश नदिने

    काठमाडौँ / हिमालयन बैंक लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । 

    images
    images

    बैंकको पुस ४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण स्वीकृत गरी आगामी वार्षिक साधारणसभाबाट पारित गर्नका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति लिने निर्णय पनि कम्पनीले गरेको छ ।

    विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । गत वर्ष भने कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ११.११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार