images
images

विन्ध्यवासीनी हाईड्रोपावरले ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने

विन्ध्यवासीनी हाईड्रोपावरले ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • images
    images
    विन्ध्यवासीनी हाईड्रोपावरले ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने
    images
    images

    काठमाडौँ / विन्ध्यवासीनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले यस वर्ष ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । 

    images
    images

    पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभाको मिति तय गर्दै लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीको कार्यालय परिसर नयाँ बानेश्वर, काठमाडौँमा विहान १० बजे सभा गर्ने कम्पनीले तयारी गरेको छ ।

    सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

    गत वर्ष पनि कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिएको थियो । 

    साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार