images
images

मुक्तिनाथ कृषिका ८ सहायक कम्पनीको बार्षिक साधारण सभा पुस २४ गते, यी प्रस्तावहरू पारित हुने

मुक्तिनाथ कृषिका ८ सहायक कम्पनीको बार्षिक साधारण सभा पुस २४ गते, यी प्रस्तावहरू पारित हुने

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • मुक्तिनाथ कृषिका ८ सहायक कम्पनीको बार्षिक साधारण सभा पुस २४ गते, यी प्रस्तावहरू पारित हुने

    काठमाडौँ / मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्ना आठ ओटा सहायक कम्पनीको बार्षिक साधारण सभा एकै दिन गर्ने भएको छ । 

    images
    images

    ८ वटै कम्पनीको साधारणसभा पुस २४ गते बस्ने निर्णय गरेको कम्पनीले जनाएको हो । सबै कम्पनीको साधारणसभा बसुन्धारा स्थित मुक्तिनाथ कृषि कम्पनीको कार्यालयमा हुने छ ।

    आफ्नो चौथो स्थापना अवसरको पारेर मुक्तिनाथ कृषि कम्पनीले एकैसाथ ८ वटा सहायक कम्पनीको उद्घाटन गरेको थियो । 

    कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्ष्य सहित मुक्तिनाथ कृषि कम्पनीले आफ्नो सहायक कम्पनीको रुपमा मुक्तिनाथ सिड बैक लि., मुक्तिनाथ फर्टिलाईजर बैक लि., मुक्तिनाथ नर्सरी बैड लि., मुक्तिनाथ लाईभस्टक बैंक लि., मुक्तिनाथ हर्बल बैक लि., मुक्तिनाथ फुड बैक लि., मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि. र मुक्तिनाथ ट्रेडिङ लि. खोलेको हो ।

    ८ वटै कम्पनीको साधारणसभामा आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७९/८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका विवरणहरु पारित गर्ने, आ.व. २०८० / ०८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , संचालक समितिको निर्वाचन गर्ने, अध्यक्ष तथा संचालकहरुको बैठक भत्ता निर्धारण गर्ने र कार्यकारी अध्यक्ष वा प्रबन्ध संचालनकको नियुक्तिको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ ।

    त्यस्तै विशेष प्रस्तावमा कम्पनीको प्रबन्धपत्र र नियमावलिमा आवश्यक संसोधन गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ । कम्पनीले स्थापना गरेको सहायक कम्पनीहरुमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत, र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहने छ ।  

    सहायक कम्पनीहरुले कृषि र सम्बन्धित क्षेत्रको लागि विशिष्टकृत वस्तु तथा सेवाहरुको उपलब्ध गराउने कम्पनीले जनाएको छ । मुक्तिनाथ कृषि कम्पनीले भने हालै मात्र सर्वसाधारणलाई शेयर निष्कासन गरी सबैभन्दा छोटो अवधिमा शेयर सूचीकरण गराएर शेयर कारोबार सुरु भईसकेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार