काठमाडौँ / बुधबार स्थानीय बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।
मङ्गलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा बुधबार बढेर १ लाख १९ हजार रुपैयाँ पुगेको हो । यसैगरी तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपैयाँ पुगेको छ । यसअघि यो सुनको भाउ १ लाख १७ हजार ४ सय ५० रुपैयाँ थियो ।
यता, चाँदीको भाउ समेत बढेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदी १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज एकै दिन १५ रुपैयाँले बढेको हो ।