images
images

सगरमाथा जलविद्युत कम्पनीको साधारणसभा पुस २५ गते, शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

सगरमाथा जलविद्युत कम्पनीको साधारणसभा पुस २५ गते, शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

मंगलवार, पुस ३ २०८०
मंगलवार, पुस ३ २०८०
  • सगरमाथा जलविद्युत कम्पनीको साधारणसभा पुस २५ गते, शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

    काठमाडौँ / सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आगामी पुस २५ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ भने चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

    images
    images

    कुण्डलिनी दरबार ब्याक्वेट चण्डोल काठमाडौँमा दिउँसो १ बजे सुरु हुने साधारण सभाले कम्पनी र अन्य जलविद्युत कम्पनी एक आपसपमा गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । 

    त्यस्तै सभाले हाल कायम चुक्ता पुँजीको शत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्नेछ भने पुस ११ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार