काठमाडौँ / ललितपुरको भैँसेपाटीस्थित निर्माणाधीन मन्त्री निवास बनाउन मजदुरहरू बस्ने गरेको टहरामा आगलागी भएको छ । आज बिहान करिब ११ बजेतिर खाना पकाउने क्रममा लागेको आगो १०ः१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ ।
करेन्ट सर्ट भएर आगलागी भएपछि महानगर प्रहरीको वारुणयन्त्र सहित, प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।