काठमाडौँ / स्थानीय बजारमा आज मङ्गलबार सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ ५ रुपैयाँले घटेको छ ।
यसअघि छापावाल सुन प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख १८ हजार रुपैयाँ पुगेको छ भने १ लाख १७ हजार २ सय ५० रुपैयाँ पर्ने तेजावी सुनलाई १ लाख १७ हजार ७ सय ५० रुपैयाँ पर्नेछ ।
यता, चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँबाट घटेर १ हजार ४ सय ५० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।