images
images

नेप्सेमा प्रभु महालक्ष्मी लाइफको सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्छ ?

नेप्सेमा प्रभु महालक्ष्मी लाइफको सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्छ ?

सोमवार, पुस २ २०८०
सोमवार, पुस २ २०८०
  • नेप्सेमा प्रभु महालक्ष्मी लाइफको सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्छ ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको नाममा ४ करोड २९ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएको छ । 

    images
    images

    साविक प्रभुसँग नेप्सेमा सूचीकरण नभएको महालक्ष्मी लाइफ इन्सुरेन्स मर्ज भएर अब नेप्सेमा प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको नाममा सेयर कारोबार हुन लागेको हो । 

    दुई कम्पनीले १ बराबर १ को सेयर स्वाप रेसियोको आधारमा मर्ज भएर कायम भएको सेयर नेप्सेमा सूचीकृत भएको हो । मर्जरपछि ‘पीएमएलआई’ संकेतमा कारोबार सुरु हुने नेप्सेले जनाएको छ । 

    यसको सेयर कारोबार ५८७ रुपैयाँ खुला हुनेछ । मर्जर प्रक्रियाका कारण साविक प्रभु लाइफको सेयर कारोबार रोक्का थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार