काठमाडौँ / दुई लघुवित्त तथा एक हाइड्रो कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएका छन् ।
साधना लघुवित्त र नाडेप लघुवित्त तथा इङवा हाइड्रोपावर लिमिटेडले गत आर्थिक बर्ष २०७९/८० को नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने भएका हुन् ।
दुई लघुवित्त सञ्चालक समितिको उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।
त्यस्तै इङवा हाइड्रोले लाभांश प्रस्ताव नगरी पुस २२ गते बानेश्वर ब्यांकेटमा साधारण सभा डोकेका छ । साधारण सभा प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय समेत भएको कम्पनीले जनाएको छ ।