images
images

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार, कारोबार रकम तीन अर्ब ९० करोड बढि

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार, कारोबार रकम तीन अर्ब ९० करोड बढि

बुधवार, मंसिर २७ २०८०
बुधवार, मंसिर २७ २०८०
  • नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार, कारोबार रकम तीन अर्ब ९० करोड बढि

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ६० अङ्कले बढेर एक हजार नौ सय ८८ दशमलव चारको विन्दु कायम भएको हो । 

    images
    images

    आज नेप्सेमा दुई सय ९२ कम्पनीको एक करोड २० लाख ९५ हजार पाँच सय ३९ कित्ता शेयर ८१ हजार चार सय ५१ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार पाँच सय ७० बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ६२, जीवन बीमा समूह एक दशमलव १४, निर्जीवन बीमा समूह एक दशमलव ३१ र व्यापार समूह शून्य दशमलव आठ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । 

    सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव १५ र लघुवित्त समूह शून्य दशमलव ८३ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य पाँच दशमलव ६९ प्रतिशतले घटेको छ ।
         
    कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू १४ करोड ६७ लाख ९३ हजार एक सय ५६ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै अरुण काबेली लिमिटेडको सात लाख तीन हजार ९२ कित्ता शेयर किनबेच भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार