images
images

अमेरिकादेखि इन्डोनेशियासम्मका आलु आयात, उत्पादन बढे पनि वार्षिक ८ अर्बभन्दा बढीको खपत

अमेरिकादेखि इन्डोनेशियासम्मका आलु आयात, उत्पादन बढे पनि वार्षिक ८ अर्बभन्दा बढीको खपत

आलु र प्याजम मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले विभिन्न करोडौं रुपैयाँका कार्यक्रम सञ्चालन गरिरहे पनि प्रतिफल भने लिन सकेको देखिदैन ।

बुधवार, मंसिर २७ २०८०
बुधवार, मंसिर २७ २०८०
  • अमेरिकादेखि इन्डोनेशियासम्मका आलु आयात, उत्पादन बढे पनि वार्षिक ८ अर्बभन्दा बढीको खपत

    काठमाडौँ / नेपालीको भान्सामा सबैभन्दा बढी प्रयोग हुने तरकारी हो आलु ! तर आलुमा पनि आत्मनिर्भर हुन नसक्दा यसको आयात बर्षेनि बढ्दै गएको छ ।  

    images
    images

    नेपालमा भारत, चीन, इन्डोनेशिया, अमेरिका लगायतका देशहरूबाट आलु आयात हुने गरेको छ । यसरी आउनेमध्ये बीउ, ताजा वा चिसो, सुकेको आलुको पिठो, गोली र फ्रेन्च फ्राईलगायतअन्य आलु रहेको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कृषि क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा आलुको ५ प्रतिशत भन्दा ज्यादा योगदान रहे पनि आयात भने बढ्दै गएको देखिन्छ ।

    विभागको तथ्याङ्कअनुसार चालु आर्थिक बर्षको चार महिनामा (साउनदेखि कात्तिकसम्ममा) ३ अर्ब ४१ करोड ४७ लाख ६ हजार रुपैयाँ बराबरको १३ करोड २३ लाख १७ हजार ७२ केजी आलु आयात भएको छ । यस क्रममा सबैभन्दा बढी भारतबाट आलु आयात भएको देखिन्छ । चार महिनामा भारतबाट ३ अर्ब ४१ करोड ४६ लाख ७४ हजार रुपैयाँ बराबरको आलु आयात भएको छ ।

    कुन आर्थिक बर्षमा कतिको भयो आयात ? 

    1.JPG

    आलुको बीउमा परनिर्भरता 

    नेपालमा बार्षिक प्रति व्यक्तिले करिब १११.८ केजी आलु खाने गरेका छन् । आर्थिक वर्ष २०६८/६९ देखि ५ वर्ष सम्मका लागि आलुको बीउमा आत्मनिर्भर हुने कार्यक्रम सञ्चालन गरेको थियो । तर, एक दशक भन्दा बढि भइसक्दा पनि नेपाल आलुको बीउमा आत्मनिर्भर हुन सकेको छैन । 

    आर्थिक वर्ष २०७४/७५ देखि चालु आर्थिक वर्ष २०८०/८१ को ४ महिना सम्ममा करिब २ करोड रुपैयाँको बीउको आलु आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा आलुको बीउ भने भारतबाट मात्रै आयात हुने गरेको छ ।

    प्रभावकारी हुन सकेन आत्मनिर्भर कार्यक्रम 

    सबैभन्दा बढी आयात हुने तरकारीमध्ये आलु र प्याजमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारले हरेकजसो बजेट भाषणमा तरकारीमा आत्मनिर्भर हुने बताउँदै आए पनि कार्यान्वयन हुन सकेको छैन । 

    चालु आर्थिक वर्षमा सरकारले कृषि क्षेत्रमा ५८ अर्ब ९८ करोड रुपैयाँ भन्दा बढी बजेट विनियोजन गरेको छ । जुन अघिल्लो आर्थिक बर्ष २०७९÷८० को तुलनामा ३ अर्ब रुपैयाँ भन्दा बढी हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘उत्पादन साथमा, अनुदान हातमा’ भन्ने मुख्य नारासहित कृषिलाई उच्च प्राथमिकता दिँदै कृषि क्षेत्रमा उक्त रकम बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

    १० बर्षमा करिब ३२ प्रतिशतले बढ्यो आलु उत्पादन 

    मुलुकमा स्वदेशी आलुको उत्पादन र क्षेत्रफल बढ्दो छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा १० वर्षमा करिब ३२ प्रतिशत (३१.९८ प्रतिशत) ले आलु उत्पादनमा वृद्धि भएको छ ।  

    नेपालमा ३६ लाख मेट्रिक टन आलु खपत हुने गरेको छ । तर, उत्पादन भने ३३ लाख मेट्रिक टन मात्र हुने गरेको छ । अझै नेपालमा वर्षेनी ३ लाख मेट्रिक टन भन्दा बढी आलु आवश्यक रहेको छ । 

    तथ्याङ्क अनुसार स्वदेशमै उत्पादित आलु करिब दश महिना खान पुग्ने देखिएको छ । स्वदेशी आलुले करिब दश महिना नेपाली माग धान्छ भने बाँकी दुई महिना आयातित आलु खाने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. महादेवप्रसाद पौडेलले जानकारी दिए । 

    उनका अनुसार स्वदेशमा उत्पादित आलुले ८८ प्रतिशत माग धाने पनि बाँकि १२ प्रतिशत आलु आयातको लागि भने भारत तथा अन्य तेस्रो मुलुकहरूको भर पर्नुपर्ने बाध्यता रहेको छ ।

    अहिले आलुमा ८८ प्रतिशत आन्तरिक उत्पादनले माग धान्दै आएको छ । चिप्सलगायत प्रशोधित उत्पादनका लागि उपयुक्त जात नभएका कारण र व्यावसायिक आलु खेती हुने स्थानमा आलुको उत्पादन बढाउन नसक्दा आयात बढेको उनले बताए ।  

    ‘आन्तरिक बजारमा उत्पादित आलुले करिब ८८ प्रतिशत माग धान्दै आएको छ, देशको कुल खपतको १२ प्रतिशत मात्रै विभिन्न मुलुबाट आयात हुने गरेको छ,’ उनले भने, ‘भारत लगायत तेस्रो मुलुकहरूबाट आयात नगरेपनि नेपाली उत्पादनले करिब १० महिना खान पग्छ ।’

    कुन आर्थिक बर्षमा कति आलु उत्पादन ?

    आर्थिक वर्ष २०६८/६९ मा एक लाख ९० हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा २५ लाख ८४ हजार तीन सय १ मेट्रिक टन त्यस्तै, आर्थिक वर्ष २०६९/७० मा एक लाख ९७ हजार दुई सय ३४ हेक्टर क्षेत्रफलमा २६ लाख ९० हजार चार सय २१ मेट्रिक टन आलु उत्पादन भएको थियो । 

    उता आर्थिक वर्ष २०७०/७१ मा दुई लाख ५७ हजार २५ हेक्टर क्षेत्रफलमा २८ लाख १७ हजार पाँच सय १२ मेट्रिक टन, आर्थिक वर्ष २०७१/७२ मा एक लाख ९७ हजार ३७ हेक्टर क्षेत्रफलमा २५ लाख ८६ हजार दुई सय ८७ मेट्रिक टन आलु  उत्पादन भएको थियो । 

    आर्थिक वर्ष २०७२/७३ मा एक लाख ९९ हजार ९ सय ७१ हेक्टर क्षेत्रफलमा २८ लाख ५५ हजार ८२ मेट्रिक टन, आर्थिक वर्ष २०७३/७४ मा एक लाख ८५ हजार  ८ सय ७९ हेक्टर क्षेत्रफलमा २५ लाख ९१ हजार ६ सय ८६ मेट्रिक टन, आर्थिक वर्ष २०७४/७५ मा एक लाख ९५ हजार दुई सय ६८ हेक्टर क्षेत्रफलमा ३० लाख ८८ हजार मेट्रिक टन उत्पादन भएको थियो ।

    त्यसै गरी, आर्थिक वर्ष २०७५/७६ मा एक लाख ९३ हजार ९ सय ९७ हेक्टर क्षेत्रफलमा ३१ लाख १२ हजार ९ सय ४७ मेट्रिक टन, आर्थिक वर्ष २०७६/७७ मा एक लाख ८८ हजार ९८ हेक्टर क्षेत्रफलमा ३१ लाख ३१ हजार ८ सय ३० मेट्रिक टन, आर्थिक वर्ष २०७७/७८ मा एक लाख ९८ हजार ७ सय ८८ क्षेत्रफलमा ३३ लाख २५ हजार दुई ३१ मेट्रिक टन आलु  उत्पादन भएको थियो ।

    यस्तो छ नेपालमा उत्पादित आलुको विवरण

    1.JPG

    नेपालमा आलुको इतिहास

    काठमाडौँ उपत्यकामा १८ औँ शताब्दीको सुरुवाततिरबाटै आलु खेती सुरु भएको बताइन्छ । यसभन्दा पहिले कहिलेबाट आलु खेती सुरु भयो भन्ने विवरण भेटिएको छैन । लन्डनबाट सन् १९०५ मा प्रकाशित हिमालयन जर्नलमा सर जोसेफ डी। हुकरले याङ्गमा क्षेत्रमा सन १८४७/४८ तिर आलु देखेको र काठमाडौँस्थित अंग्रेजको बगैंचाबाट केहीअघि मात्र यहाँ आलु भित्रिएको भन्ने कुरा उल्लेख गरिएको छ । यस विषयमा “द शेर्पाज अफ नेपाल” (सन् १९६४) मा सी. एफ. हेन्डर्फले याङ्गमा क्षेत्रमा आलु काठमाडौँतिरबाट गएको हो कि दार्जिलिङबाट भित्रिएको हो भन्ने कुरामा शंका व्यक्त गरेको पाइन्छ । सोलुखुम्बु क्षेत्रमा १९ औं शाताब्दीको मध्यतिर आलु खेती शुरु भएको भन्ने अनुमान गरिएको छ । याङ्गमा क्षेत्र हालको ताप्लेजुङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ठाउँ हो ।

    २ सय ५० वर्षअघि नेपालमा आलु थिएन भन्न मुस्किल पर्छ । कर्णाली क्षेत्रमा “जुम्ली लोकल” नामले चिनिने आलु सुदुरपश्चिमका पहाडमा “खोड्पेली लोकल” नामले चिनिन्छ । यसैगरी पूर्वी भेगमा बिटे, इलामे रातो, लेकाली रातो, स्यान्ग्दोर्जे, भोटांगे आलु, पासांग आलु, खुम्बुले रातो आलु आदि स्थानीय मानिएका अनुकुलित जातहरू पाइन्छन् भने थारू लोकल, पनौती लोकललगायत स्थानीय नामहरूले समेत केही जातहरु निश्चित भूगोलहरूमा खेती गर्ने गरेको पाइन्छ । नेपालमा आलुलाई रैथाने बालीका रूपमा समेत लिइने गरेको पाइन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार