images
images

सेयर धितो कर्जा : सात बैंकले बढाउँदा १२ वटाको घट्यो, कुन बैंकले कति दिए ?

सेयर धितो कर्जा : सात बैंकले बढाउँदा १२ वटाको घट्यो, कुन बैंकले कति दिए ?

गत वर्षको असोज मसान्तसम्ममा वाणिज्य बैंकहरुले ६० अर्ब ३४ करोड ८१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए ।

सोमवार, मंसिर २५ २०८०
सोमवार, मंसिर २५ २०८०
  • सेयर धितो कर्जा : सात बैंकले बढाउँदा १२ वटाको घट्यो, कुन बैंकले कति दिए ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा (साउनदेखि असोजसम्ममा) वाणिज्य बैंकहरुले लगानीकर्तालाई ६३ अर्ब ३३ करोड २३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । 

    गत वर्ष यसै अवधिमा वाणिज्य बैंकहरुले ६० अर्ब ३४ करोड ८१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । गत वर्षको तुलनामा चालु आवको असोज मसान्तसम्म वाणिज्य बैंकहरुको सेयर धितो कर्जा बढेको छ । 

    यसअघि केही सुस्ताएका बैंकहरूले पछिल्लो समय सेयरधितो कर्जा बढाउन थालेका हुन् । वाणिज्य बैंकहरूले असोजसम्म प्रवाह गरेको सेयरधितो कर्जा एक वर्षअघिकै हाराहारीमा रहेको तथ्याङक छ ।

    यसअघि नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा कडाइ गरेपछि केही हच्किएका बैंकहरूले पछिल्लो केही महिना यता भने सेयर धितो राखेर लगानीकर्तालाई सजिलै कर्जा प्रवाह गरिरहेका छन् । हाल नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा लगाइएको १२ करोडको सीमा हटाएर १५–२० करोड कायम गरेको छ ।

    चालु आवको असोजसम्म्मा ७ वाणिज्य बैंकको सेयर धितोकर्जा बढेको छ। त्यसैगरी अन्य १२ वाणिज्य बैंकको सेयर धितोकर्जामा सामान्य गिरावट देखिएको छ। 

    कुनले कति दिए सेयर धितो कर्जा ?

    राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ३ महिनामा सबैभन्दा धेरै सेयर कर्जा बढाउनेमा एनआईसी एशिया बैंक रहेको छ । यस बैंकले असोजसम्ममा ४ अर्ब ५८ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । गत बर्षको सोहि अवधीसम्ममा बैंकको यस्तो कर्जा प्रवाह १ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो । गत बर्षको तुलनामा बैंकको सेयर कर्जा प्रवाह १७६ प्रतिशत अर्थात् २ अर्ब २५ करोड रुपैयाँ बढि हो । 

    यस्तै, सबैभन्दा धेरै सेयर कर्जा प्रवाह गर्ने दोस्रो बैंकमा एभरेष्ट बैंक रहेको छ । यस बैंकले असोजसम्ममा १ अर्ब ३१ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । गत बर्षको सोहि अवधीसम्ममा बैंकको यस्तो कर्जा प्रवाह ७६ करोड ४१ लाख रुपैयाँ रहेको थियो । गत बर्षको तुलनामा बैंकको सेयर कर्जा प्रवाह ७२.५६ प्रतिशत अर्थात् ५५ करोड रुपैयाँ बढि हो । 

    त्यसैगरी, एनआईसी एशिया बैंक र एभरेष्ट बैंक बाहेक हाल सञ्चालनमा रहेका ५ बैंकले सेयर कर्जा प्रवाह बढाएको छ भने १२ बैंकले भने घटाएको छ । सेयर कर्जा प्रवाह बढाउनेमा नबिल बैंक, प्राइम बैंक, नेपाल बैंक, सिद्धर्थ बैंक र कृषि विकास बैंक रहेका छन । 

    असोजसम्ममा नबिल बैंकले ६०.५० प्रतिशत अर्थात् ४ अर्ब ७ करोड रुपैयाँ बढाएर १० अर्ब ८० करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ भने, प्राइम बैंकले २५.७३ प्रतिशत अर्थात् ८२ करोड ६३ लाख रुपैयाँ बढाएर ४ अर्ब ३ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । गत आर्थिक बर्षको तीन महिनामा नबिल बैंकको सेयर कर्जा प्रवाह ६ अर्ब ७३ करोड, प्राइम बैंकको सेयर कर्जा प्रवाह ३ अर्ब २१ करोड रुपैयाँ रहेको थियो । 

    यसैगरी नेपाल बैंकले २२.८८ प्रतिशत बढाए ४ अर्ब ४५ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ६.६० प्रतिशत बढाएर ४ अर्ब ५२ करोड रुपैयाँ र कृषि विकास बैंकले १.४९ प्रतिशत बढाएर १ अर्ब १७ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् । यस्तै, गत आर्थिक बर्षको तीन महिनामा नेपाल बैंकको सेयर कर्जा प्रवाह ३ अर्ब ६२ करोड, सिद्धार्थ बैंकको सेयर कर्जा प्रवाह ३ अर्ब ७५ करोड र कृषि विकास बैंकको सेयर कर्जा प्रवाह १ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । 

    यसैगरी सेयर कर्जा प्रवाह घटाउनेमा १२ बैंकहरू रहेका छन् । जसमा सिटिजन्स बैंकले २.२६ प्रतिशत घटाएर ३ अर्ब ८० करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ भने, कुमारी बैंकले ३ प्रतिशत घटाएर ३ अर्ब ७६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । 

    यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ४.८९ प्रतिशत घटाएर ४ अर्ब २९ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले ७.८९ प्रतिशत घटाएर ६ अर्ब २३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १५.५६ प्रतिशत घटाएर ३ अर्ब ३४ करोड रुपैयाँ, प्रभु बैंकले १८.६८ प्रतिशत घटाएर ३ अर्ब ५८ करोड रुपैयाँ, हिमालयन बैंकले २५.९२ प्रतिशत घटाएर २ अर्ब ५१ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका छन् । 

    त्यसैगरी, सानिमा बैंकले २५.९९ प्रतिशत प्रतिशत घटाएर १ अर्ब २२ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले २६.७६ प्रतिशत घटाएर २ करोड ३९ लाख रुपैयाँ, एनएमबि बैंकले २७.३७ प्रतिशत घटाएर १ अर्ब ९ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४२.१२ प्रतिशत घटाएर २ अर्ब ५६ करोड रुपैयाँ र माछापुच्छ्रे बैंकले ४९.२२ प्रतिशत घटाएर ५० करोड ७८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार