images
images

आइसिएफसि फाइनान्सद्वारा ६.५० प्रतिशत लाभांश घोषणा, नगद लाभांश कति ?

आइसिएफसि फाइनान्सद्वारा ६.५० प्रतिशत लाभांश घोषणा, नगद लाभांश कति ?

आइतवार, मंसिर २४ २०८०
आइतवार, मंसिर २४ २०८०
  • आइसिएफसि फाइनान्सद्वारा ६.५० प्रतिशत लाभांश घोषणा, नगद लाभांश कति ?

    काठमाडौँ आइसिएफसि फाइनान्सले हालसम्म कै न्यून लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको सञ्चालक समितिको मंसिर २२ गते बसेको बैठकले गत वर्षको नाफाबाट ६.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    images
    images

    फाइनान्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँको ६.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

    फाइनान्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

    फाइनान्सले यसअघि आर्थिक वर्ष २०७८/७९मा सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार