images
images

मलेसियामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका आरुषले जिते ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड

मलेसियामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका आरुषले जिते ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड

मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • मलेसियामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका आरुषले जिते ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड

    काठमाडौँ / मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षिय आरुष भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड जित्न सफल भएका छन् । नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेका उनले विभिन्न देशका प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै केटा समूहको उपाधि हासिल गरेका हुन् ।

    images
    images

    स्याली क्राउन ब्युटी कन्सल्टेन्सले आयोजना गरेको 'ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३' कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेका आरुषले विनर किड इन्टलिजेन्ट र ग्राण्ड विनर किड्स युनिभर्स विधामा जित हात पारेका छन् ।

    यस कार्यक्रममा नेपाल सहित भारत, मलेसिया लगायत देशका बालबालिका सहभागी भएका थिए । प्रतियोगितामा आरुषले नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलावा नेपालको पर्यटन समेत प्रवद्र्धन समेत गरेका थिए । 

    आरुषसँगै प्रतियोगितामा सहभागी एल्भिरा महर्जनले मिस किड Alluring Aura ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनलको उपाधि हासिल गरेकी थिइन् । प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए । प्रतियोगितामा सहभागी दुवै बालबालिकाको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बेदारले गरेकी हुन् ।

    यसअघि आरुषले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा काठमाडौँमा आयोजित ‘किड्डी फेस अफ द इयर २०२३’ का सिनियर केटा समूहको उपाधि हासिल गरेका थिए भने ‘एल्भिरा लिटिल प्रिन्सेस इन्टरनेशनल २०२३’की विजेता हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार