images
images

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    काठमाडौँ / सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको करिब १ लाख कित्ता शेयर आज मंसिर १९ गतेबाट बिक्रीमा राखिएको छ।

    images
    images

    संस्थाले संस्थापक समूहको ९७ हजार ३०५ कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनी, अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९६ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। 

    बोलपत्र काठमाडौँको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालय, शाखाहरु विराटनगर, मोरङ, आदर्शनगर, वीरगन्ज, पोखरा (महेन्द्रपुल), बुटवल, धनगढी र वीरेन्द्रनगर (सुर्खेत)मा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति मंसिर २६ गतेसम्म तोकिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार