काठमाडौँ / नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपध मुल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यले नमस्ते पे ले नयाँ अभियान सुरु गरेको छ । यो अभियान मंसिर १५ , २०८० देखि पुस १४ , २०८० सम्म चल्ने छ । नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
उडानकर्ताहरूले क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नुपर्दैन। क्यासब्याक प्रति टिकट मान्य छ जसको अर्थ यात्रुले जति धेरै टिकट खरिद गनेछन्, उति नै बढी क्यासब्याक प्राप्त गनेछन् ।
नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत आर्थिक दरका साथसाथै भरपर्दो र सुरक्षित बुकिङ पार्टनरबाट उडान टिकट खरिद गर्न सक्दछन्। नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।
आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।