images
images

तारागाउँ रिजेन्सीलाई नेप्सेले सोध्यो तीन दिने स्पष्टीकरण

तारागाउँ रिजेन्सीलाई नेप्सेले सोध्यो तीन दिने स्पष्टीकरण

सोमवार, मंसिर १८ २०८०
सोमवार, मंसिर १८ २०८०
  • images
    images
    तारागाउँ रिजेन्सीलाई नेप्सेले सोध्यो तीन दिने स्पष्टीकरण
    images
    images

    काठमाडौँ / तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (टीआरएच) सँग नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले स्पष्टीकरण माग गरेको छ । 

    images
    images

    मंसिर १६ गते बसेको कम्पनीको बैठकले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरे पनि २४ घण्टा भित्र सो निर्णयको जानकारी नपठाएको भन्दै नेप्सेले स्पष्टीकरण सोधेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट ४ प्रतिशत बोन सेयर र ११ प्रतिशत नगद लाभांश सहित १५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । तर, नेप्सेमा अर्को दिन अर्थात् मिति मंसिर १७ गते आइतबार बेलुका ५ः१५ बजे मात्र सो जानकारी गराएको नेप्सेले जनाएको छ । 

    धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१)मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्ने छ भन्ने व्यवस्था रहेको छ ।

    ‘उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले उक्त विनियमावलीको विनियम १६(१)(ख) मा भएको व्यवस्था अनुरुप मिति २०८०/०८/१८ को निर्णयानुसार त्यस कम्पनीको धितोपत्रको कारोबार स्थगन गरिएको साथै यो पत्र प्राप्त भएको मितिले ३(तीन)कार्यदिन भित्र के कति कारणबाट समयमानै जानकारी दिन नसकेको हो ? सो सम्बन्धमा स्पष्टीकरण पेस गर्न निर्देशानसार अनुरोध छ’ नेप्सेले सोधेको स्पष्टीकरणमा उल्लेख गरिएको छ । 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार