images
images

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ मंसिर १९ गते बाँडफाँट हुने, कतिले पाउँछन् सेयर ?

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ मंसिर १९ गते बाँडफाँट हुने, कतिले पाउँछन् सेयर ?

आइतवार, मंसिर १७ २०८०
आइतवार, मंसिर १७ २०८०
  • मुक्तिनाथ कृषि कम्पनीको आइपीओ मंसिर १९ गते बाँडफाँट हुने, कतिले पाउँछन् सेयर ?

    काठमाडौँ / मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा मंगलबार अर्थात मंसिर १९ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार मंगलबार बिहान बाँडफाँट हुने जनाएको हो ।

    images
    images

    आइपीओमा १२ लाख भन्दा बढीको हात रित्तो हुने भएको छ । आइपीओमा अन्तिम दिनसम्म १३ लाख २४ हजार ३६७ जनाले १ करोड ४३ लाख ४२ हजार ६२० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १२.४९ गुणा बढी आवेदन हो ।

    माग भन्दा बढी आवेदन परेको हुँदा कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जस मार्फत १ लाख १४ हजार ८०० जनाले १०।१० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी १२ लाख ९ हजार ५६७ जनाको हात भने खालि हुने भएको हो ।

    कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । 

    जसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

    साथै, ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणका लागि जारी गरेको थियो ।

    रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार