images
images

ह्वावेद्वारा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा २४/७ नेटवर्क आश्वासन र पीडितहरूका लागि मानवीय सहायता

ह्वावेद्वारा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा २४/७ नेटवर्क आश्वासन र पीडितहरूका लागि मानवीय सहायता

आइतवार, मंसिर १७ २०८०
आइतवार, मंसिर १७ २०८०
  • ह्वावेद्वारा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा २४/७ नेटवर्क आश्वासन र पीडितहरूका लागि मानवीय सहायता

    काठमाडौँ / ह्वावेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँग मिलेर मानवीय सहायता प्रदान गरेको छ । एक जिम्मेवार कर्पोरेट संस्थाको रूपमा ह्वावेले जाजरकोट र रुकुमका भूकम्प पीडितहरूलाई राहत सामग्रीको रूपमा पाल, कम्बल, स्लीपिङ ब्याग जस्ता आवश्यक सामग्रीहरू उपलब्ध गराएको हो । 

    images
    images

    ह्वावे नेपालका सीईओ ह्वाङ जुन, पीआर निर्देशक झाङ लिआङ र डिजिटल एम्पावरमेन्ट सोसाइटीको उपस्थितिमा मन्त्रालयको कार्यालय सिंहदरबारमा मन्त्री रेखा शर्मालाई राहत सामग्री हस्तान्तरण गरिएको हो ।

    ह्वावेले यी राहत सामग्रीहरू विपद्बाट प्रभावितहरूलाई तत्काल सहायता र सान्त्वना प्रदान गर्न, उनीहरूको आधारभूत आवश्यकताहरू सम्बोधन गर्न र चुनौतीपूर्ण समयमा केही राहत प्रदान गर्न महत्त्वपूर्ण रहेको विश्वास लिएको छ ।

    ह्वावे नेपालले संकटको समयमा सञ्चारको महत्वपूर्ण भूमिका बुझेको छ । भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार साइटहरू कायम राख्न २४/७ नेटवर्क सेवा प्रदान गर्न ह्वावे समर्पित रहेको बताएको छ । ह्वावेले तुरुन्त भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार सेवालाई निरन्तर सुचारु अवस्थामा राख्न आफ्नो प्राविधिक टिमलाई स्ट्यान्डबाइ राखेको जनाएको छ । 

    राहत सामग्री हस्तान्तरणपछि ह्वावे नेपालका सीईओ ह्वाङ जुनले भने– “म प्रभावित क्षेत्रका दिवंगत आत्माहरूप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु र सञ्चार पूर्वाधारहरू सञ्चालनमा रहन, उद्धार र राहतको समन्वयलाई सहज बनाउन ह्वावे नेपालबाट निरन्तर सहयोगको आश्वासन दिन चाहन्छु । हामी नेपालका लागि नेपालमा छौँ ।”  

    ह्वावेले प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रहरूमा तत्काल राहत सामग्री उपलब्ध गराउन सधैँ अग्रगामी भूमिका खेलेको छ । सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन् “हामी नेपालको दूरसञ्चार क्षेत्रमा हुवावेले गरेको योगदानको कदर गर्छौँ र यस विनाशकारी अवधिमा गरेका प्रयासहरूको कदर गर्छौँ ।”  

    नेपालको जाजरकोटमा राहत कार्यमा सहयोग गर्ने ह्वावेको प्रतिबद्धता कम्पनीको मूल्यमान्यता र यसले सेवा गर्ने समुदायहरूमा सकारात्मक प्रभाव पार्ने समर्पणको प्रमाण हो । ह्वावेले कठिन समयमा नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको र पुनः निर्माणको लागि सहयोग प्रदान गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

    साथै ह्वावेले प्राविधिक सहयोग, पूर्वाधार मर्मतसम्भार र प्रत्यक्ष राहत प्रयासहरूसहित एक जिम्मेवार कर्पोरेट र भूकम्पपछिको राहत तथा उद्धारको अभियानमा नेपालको भरपर्दो साझेदार बन्ने प्रतिबद्धता व्यक्त गरको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार