काठमाडौँ / युनाईटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । मंसिर १३ गते बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई नियमनकारी निकाय विद्युत नियमन आयोगले स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुमा उक्त सेयर जारी गरिने व्यवस्था छ ।
हाल हाइड्रोको चुक्ता पुँजी एक अर्ब २३ करोड ५ लाख रुपैयाँ छ ।