images
images

आइएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप

आइएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • आइएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप

    काठमाडौँ / लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा आइएमई ग्रुपले बिक्री–वितरण गर्ने भएको छ। 

    विगत लामो समयदेखि नेपाली बजारमा उपलब्ध रहँदै आएको मोटुललाई अब आधिकारिक रुपमा बिक्री–वितरण गर्न कम्पनीले आइएमई ग्रुपलाई नयाँ बिक्रेताको रूपमा नियुक्त गरेको हो।

    आधिकारिक विक्रेतामा नियुक्त भएसँगै कम्पनीले मोटुलको बजारलाई देशभर विस्तार गर्ने जनाएको छ। 

    आइएमई ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनका सिइओ हेमन्त पुरानिकका अनुसार गुणस्तरिय र उच्च प्रविधियुक्त उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता अनुरुप मोटुलसँग सहकार्य गरिएको हो।

    ‘मोटुलजस्तो विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्डसँग जोडिएर व्यावसाय गर्न पाउँदा हामी एकदमै उत्साही बनेका छौँ। साथै यो ब्रान्डको बजार नेपालभर विस्तार गरेर ग्राहकलाई गुणस्तरिय लुब्रिकेन्ट्स उपलब्ध गराउन प्रतिबद्ध समेत छौँ,’ उनले भने।

    लुब्रिकेन्ट्स जगतमा मोटुल एकदमै कहलिएको नाम हो। १७० वर्ष पुरानो यो फ्रेन्च ब्रान्ड विशेषतः हाई पर्फमेन्स इन्जिन आयलको उत्पादनमा अग्रणी रहँदै आएको छ। 

    टु–ह्विलरदेखी हेभी ड्युटी कमर्सियल भेहिकलसम्ममा प्रयोग गर्न मिल्ने विभिन्न रेन्जका प्रिमियम लुब्रिकेन्ट्स मोटुलले उत्पादन गर्दै आएको छ। यी सबै रेन्ज नेपाली बजारमा समेत उपलब्ध हुने आइएमई ग्रुपको भनाइ छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार