images
images

रास्वपाको उपसभापति बने स्वर्णिम वाग्ले, सहमहामन्त्रीमा विपिन आचार्य, सुमना श्रेष्ठ

रास्वपाको उपसभापति बने स्वर्णिम वाग्ले, सहमहामन्त्रीमा विपिन आचार्य, सुमना श्रेष्ठ

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • रास्वपाको उपसभापति बने स्वर्णिम  वाग्ले, सहमहामन्त्रीमा विपिन आचार्य, सुमना श्रेष्ठ

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा डा. स्वर्णिम वाग्ले मनोनित भएका छन् । रास्वपाले थप गरेको ६ जना पदाधिकारीमा सहमहामन्त्रीमा विपिन आचार्य, सुमना श्रेष्ठ, सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईं मनोनित भएका हुन् । 

    images
    images

    रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार रास्वपामा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट एक जना उपाध्यक्ष, दुई जना सहमहामन्त्री र तीन जना सहप्रवक्ता गरी ६ जना पदाधिकारी थपिएको हो ।

    रास्वपामा यसअघि नै डोलप्रसाद अर्याल उपाध्यक्ष, कविन्द्र बुर्लाकोटी सहमहामन्त्री र  बसुमाया तामाङ कोषाध्यक्षमा रहेका थिए । अब पदाधिकारीको संख्या सभापतिसहित ११ पुगेको छ ।

    संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्य बनाइएको महामन्त्री ढकालले बताए । उनले पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ संगठनात्मक ढाँचाअनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुरुप सचिवालय गठन गरिएको छ ।

    रास्वपाले अनिल केशरी शाह, राजन गौतम, डा. नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई केन्द्रीय सदस्य बनाएको छ भने पार्टीका १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार