images
images

दक्षिण कोरियामा विदेशी स्वामित्वका घर बढे, सबैभन्दा बढि चिनियाँ र अमेरिकीहरु

दक्षिण कोरियामा विदेशी स्वामित्वका घर बढे, सबैभन्दा बढि चिनियाँ र अमेरिकीहरु

बुधवार, मंसिर १३ २०८०
बुधवार, मंसिर १३ २०८०
  • दक्षिण कोरियामा विदेशी स्वामित्वका घर बढे, सबैभन्दा बढि चिनियाँ र अमेरिकीहरु

    दक्षिण कोरियामा भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयलका अनुसार जुनको अन्त्यमा विदेशी नागरिकसँग घरको सङ्ख्या ८७ हजार दुई सय २३  छ ।

    images
    images

     चिनियाँसँग घरको स्वामित्व बढेसँगै पहिलो छ महिनामा विदेशी घरको स्वामित्व बढेको सरकारी तथ्याङ्कले बुधबार देखाएको हो। कूल विदेशी घरको स्वामित्वमा सबैभन्दा ठूलो हिस्सा चिनियाँसँग ५४ दशमलव तीन प्रतिशत छ । 

    यो अघिल्लो छ महिनाको तुलनामा चार दशमलव चार प्रतिशतले बढी हो। साथै यो मुलुकभित्रका सबै घरको शून्य दशमलव ४६ प्रतिशत हो। 


    त्यस्तै अमेरिकीसँग २३ दशमलव पाँच प्रतिशत छ । कूल विदेशी मालिकमा ९३ दशमलव चार प्रतिशतसँग एउटा मात्र घर छ भने पाँच दशमलव दुई प्रतिशतसँग दुई वटा घर छन्। 

    जुनको अन्त्यमा विदेशीहरूसँग घरेलु भूमि २६ करोड ५४ लाख ७२ हजार वर्गमिटर भएको छ ।

    यो अघिल्लो छ महिनाको तुलनामा शून्य दशमलव छ प्रतिशतले अधिक हो । यसले मुलुकको कूल भूमिको शून्य दशमलव २६ प्रतिशत हिस्सा ओगटेको छ । 

    अमेरिकीसँग कूल विदेशी भूमि स्वामित्वमा सबैभन्दा ठूलो हिस्सा ५३ दशमलव चार प्रतिशत छ ।

     त्यसपछि चिनियाँसँग सात दशमलव आठ प्रतिशत, युरोपेलीसँग सात दशमलव एक प्रतिशत र जापानीसँग छ दशमलव दुई प्रतिशत रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार