images
images

राष्ट्र बैंकले साढे १८ अर्ब आन्तरिक ऋण नवीकरण गर्ने, बोलकबोल कहिले ?

राष्ट्र बैंकले साढे १८ अर्ब आन्तरिक ऋण नवीकरण गर्ने, बोलकबोल कहिले ?

आइतवार, मंसिर १० २०८०
आइतवार, मंसिर १० २०८०
  • राष्ट्र बैंकले साढे १८ अर्ब आन्तरिक ऋण नवीकरण गर्ने, बोलकबोल कहिले ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले १८ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।

    images
    images

    केन्द्रीय बैंक यसअघि ट्रेजरी बिलमार्फत उठाएको १८ अर्ब ५० करोड रुपैयाँबराबरको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो। यसअघि भोलि दिउँसो २ बजे बोलकबोल हुनेछ।

    बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

    सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले मंसिर १२ गते जारी हुने २८ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्नेछ। २८ दिनका लागि ५ अर्ब रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ७ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण हुनेछ। यी ट्रेजरी बिलको परिपक्व मिति क्रमशः पुस १० गते, २०८१ जेठ १५ गते र २०८१ मंसिर ११ गते रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार