images
images

अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी : २५ हजारबढीले अवलोकन गरे, प्रकाशनगृहहरूले सकेजति छुट नदिएको गुनासो

अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी : २५ हजारबढीले अवलोकन गरे, प्रकाशनगृहहरूले सकेजति छुट नदिएको गुनासो

शनिवार, मंसिर ९ २०८०
शनिवार, मंसिर ९ २०८०
  • अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी : २५ हजारबढीले अवलोकन गरे, प्रकाशनगृहहरूले सकेजति छुट नदिएको गुनासो

    काठमाडौँ  / ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी-२०२३’ मा करिब २५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा भृकुटीमण्डपमा भएको प्रदर्शनीको उपभोक्ताले नेपालका नवप्रकाशन, विदेशी चर्चित तथा धार्मिक पुस्तक रुचिकासाथ खरिद गरेको आयोजकले जनाएको छ । 

    images
    images

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य एवं प्रदर्शनी आयोजक समितिका संयोजक राजेन्द्र तिवारीले इतिहासमै पहिलोपटक व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको पुस्तक प्रदर्शनी आयोजना गरिएको प्रतिक्रिया दिए । 

    नेपालसहित विश्वका १५ देशका प्रकाशक, उत्पादक र व्यवसायीको सहभागिता रहेको प्रदर्शनीमा हरेक दिन पाँच हजारभन्दा बढीले प्रदर्शनीको अवलोकन गरेको उनले जानकारी दिए । 

    उनले भने, “हाम्रो मुख्य चाहना भनेको पठन संस्कृतिको विकास कसरी गर्न सकिन्छ । पाठकहरूले चाहेको समयमा चाहेको पाठ्यपुस्तक कसरी उपलब्ध गर्न सक्छन् त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनी मुख्य उद्देश्य राखेर मेलाको आयोजना गरिएको हो ।”

    प्रदर्शनीका क्रममा हरेक दिन पठक संस्कृतिसम्बन्धी गोष्ठी गरिएको थियो । जहाँ सरकारी अधिकारी, व्यवसायी, राजनीतिक दलका नेता एवं सरोकारवालालाई आमन्त्रण गरेर पठन संस्कृतिको प्रवर्द्धनमा तपाईँको भूमिका के भनी बहस र अन्तक्रियया चलाइएको थियो ।

    आयोजकले सरकार आफैँले पठन संस्कृतिको विकास गर्न पूर्वाधार बनाएर अघि बढ्नुपर्नेमा त्यो नदेखिएको बताउँदै सबैभन्दा पहिला पठन संस्कृतिको विकास गर्न प्रकाशक र लेखकहरूको संरक्षण गर्न ठोस नीतिको आवश्यकता औँल्याए। यता, उपभोक्ताहरूले भने प्रदशनीमा प्रकाशनगृहहरूले सकिने जति छुट दिनुपर्नेमा त्यो नपाइएको गुनासो गरेका छन् । 

    यसैबीच प्रदर्शनीको अवलोकनका क्रममा भेटिएका नेकपा (एमाले)का सचिव छविलाल विश्वकर्माले पठन संस्कृतिलाई संरक्षण गर्दै यसलाई थप विकसित गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए । 

    “प्रविधिको विकास जतिसुकै भए पनि पठन संस्कृति भनेको पुस्तकसँगै जोडिन्छ”, उनले भने, “पठन संस्कृतिसँग जोडिएको प्रदर्शनीले त्यसलाई बल पुर्याएको छ । विभिन्न भाषामा प्रकाशित भएको पुस्तक र रचनालाई अन्य भाषामा पनि अनुवाद गरी प्रकाशित गर्न सकिने अवसर प्रदर्शनीले निर्माण गरेको छ ।”
     
    यस्ता प्रदर्शनीलाई नियमितरूपमा आयोजना गर्न र राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै उनले पठन संस्कृतिको विकास र विस्तारका लागि प्रत्येक पालिकामा पुस्तकालय स्थापना गर्न जरुरी रहेको उनको भनाइ छ ।

    साङ्ग्रिला बुक्सका प्रतिनिधि युवराज घिमिरेले ‘ऐठन’लगायतका नवप्रकाशन सबैभन्दा बढी उपभोक्तामा चासो देखिएको र सबै पुस्तकमा लगभग २० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए। विद्यार्थी पुस्तक भण्डारका प्रतिनिधि समिर आचार्यले ‘निर्णयसिन्धु’, ‘धर्मसिन्धु’ र ‘हिम्मतखण्ड’ अन्यको तुलनामा बढी बिक्री भएको प्रतिक्रिया दिए । प्रदर्शनीको अन्तिम दिन आज आकर्षणका रूपमा मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल रहेका थिए । 

    उनी आफ्नो नवप्रकाशन ‘जीवन्त सम्बन्ध’ नामक कृति खरिदका लागि आएका उपभोक्तालाई आफ्नो हस्ताक्षर दिन भ्याइनभ्याई अवस्थामा देखिए । प्रदर्शनीकक्षको उत्तरपूर्वी क्षेत्रमा रहेको चिनियाँ प्रकाशनका स्टल निकै व्यवस्थित आकर्षक देखिन्थे । जहाँ उपभोक्ता पुस्तक रुचिका साथ अवलोकन गर्न र तस्वीर लिन व्यस्त थिए । 

    बिएण्डडी एजुकेसन च्यासल ललितपुरका सञ्चालक कुमारप्रसाद घिमिरेले डा. भेषबहादुर थापाको हालै प्रकाशित कृति ‘राष्ट्र–परराष्ट्र’को खोजी गर्ने उपभोक्ता बढी रहेको बताए । 

    प्रदर्शनीमा दक्षिण एसिया क्षेत्रका नेपाल, चीन, भारत, बङ्गलादेशलगायत संयुक्त राज्य अमेरिका, इजिप्टसहित १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरक गरी एक सय ८० स्टल रहेको महासङ्घका अध्यक्ष सञ्जय चौधरीले बताए । 

    प्रदर्शनी अवलोकनका लागि राजनीतिज्ञ, प्राध्यापक, बुद्धिजीवी, लेखक, वकिल, पत्रकार, शिक्षक, विद्यार्थी र अभिभावकको पाँचै दिन बाक्लो उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार